अहिलेको चूनौतिको सामना गर्न पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनुपर्ने छ : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चूनौतिको सामना गर्न पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिले देशभित्र निकै चुनौति देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन ।
यसअघि जस्तै अहिलेको चूनौति समाधान गर्न कांग्रेस सफल हुने उनको विश्वास छ । सभापति देउवाले देशमा खेलकुद प्रति युवाहरुको आकर्षण रहेको भन्दै खेल क्षेत्रको बिकासमा सवै गम्भीर भएर लाग्नुपर्ने धारणा राखेका छन् ।
त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदमा जस्तै नेपाली राजनीतिमा अनुशासन कायम गर्नुपर्ने बताएका छन् । उनले गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भएको र नेपालको राजनीति गम्भीर घुम्तीमा पुगेको बताएका छन् ।
उपसभापति गुरुङले राजनीतिलाई सहि ट्रयाकमा ल्याउने काम कांग्रेसकै भएकाले निराशालाई आशामा बदल्ने जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिएका छन् ।