कर्मचारी व्यवस्थापनमा पनि समस्या देखिएको छ : मन्त्री जोशी
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले मन्त्रालयका बिभिन्न कार्यक्रममाथि छुट्टाइएको बजेट अझै प्राप्त नभएको बताएका न् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले मन्त्रालयको नवप्रवद्र्धन कार्यक्रमका लागि ८८ करोड छुट्टाएपनि अहिलेसम्म सो रकम प्राप्त हुन नसकको बताएका हुन ।
तराईमधेश समृद्धि कार्यक्रमको अवस्था पनि त्यस्तै रहेको उनले बताए । मन्त्री जोशीले आफु मन्त्रालयमा आउदा पूँजीगत खर्च जम्मा ९ प्रतिशत मात्रै रहेको धारणा राखेका छन् ।
उनले कर्मचारी व्यवस्थापनमा पनि समस्या देखिएको भन्दै धेरै स्थानमा निमित्तका भरमा चलाउनुपरेको बताएका छन् ।
मन्त्री जोशीले संघीय निजामती सेवा ऐनलाई महत्वका साथ अघि बढाउनुपर्ने अवस्था देखिएको बताए । कर्मचारीको समस्या कानूनी रुपले समाधान गर्ने अवस्था नरहेको उनको भनाइ छ ।