प्रहरीमाथि हातपात गर्ने जोसुकै भए पनि कारवाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा प्रहरी प्रमुख वसन्त कुँवरसहित उच्चपदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन ।
गृहमन्त्री लेखकले मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुर्व्यवहार भइरहेका घटनाहरू सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।