प्रकृति लम्साललाई न्याय माग्दै भारतीय दूतावास अगाडि प्रदर्शन
काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रकृति लम्साललाई न्याय माग्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । सोमबार साँझ लैनचौरस्थित भारतीय दूतावास अगाडि अनेरास्ववियुले प्रकृति लम्साललाई न्याय माग्दै गरेको प्रदर्शनमा ‘प्रकृति लम्सालको मृत्युको छानबिन गर, गोरखाले न्याय अन्याय सह्न सक्दैन, मानवताविरवधी गतिविधि बन्द गर, अबिलम्ब कूटनैतिक सम्बाद सुरू गर’ लगायतका पम्प्लेट र नारा लगाइएको छ ।
यसअघि अनेरास्ववियुले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेको थियो ।
ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । तर, कलेजले मृत्युको घटनालाई ढाकछोप गर्न नेपाली विद्यार्थीलाई कुटपिट गरेर निकालिदिएको छ । यस घटनाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक तवरबाट बुझ्ने काम भइरहेको बताएका छन् ।