यम बास्तोलाको शब्द रहेको ‘सुख दुःख’
काठमाडौँ । नेपाली आधुनिक गीतको लहरमा एक नौलो र आश्चर्य लाग्दो सुमधुर नेपाली आधुनिक गीत थपिएको छ ।
साहित्यकार यम बास्तोलाको शब्द रहेको ‘सुख दुःख’ शिर्षकको गीत यही माघ ४ गते शार्वजनिक भएको हो ।
उक्त गीत Yam@Nepal नामक अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।
यसअघि साहित्यकार यम बास्तोलाका यस्तै प्रकृतिका ‘तिमी साथ नहुँदा’, ‘मेरा सामु आई‘, ‘बढेको छ ढुकढुकी‘, ‘म बलिरहेको‘, ‘फर्केर आऊ‘, ‘म हारुँ‘, ‘मोडिएछ बाटो‘, ‘खोजि रहेँ‘, ‘हिँड्छौ तर्किएर‘ जस्ता थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् ।