युनिटी जर्नल छैटौँ संस्करण विमोचन

काठमाडौं । नेपाली सेना स्थापनाको २६२औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुल्ला सामरिक लेखररचना प्रतियोगिता(२०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण सोमबार प्रधान सेनापति महारथी अशोक राज सिग्देलले विमोचन गरे ।

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गरिएको छ । खुल्ला सामरिक लेख÷रचना प्रतियोगिता–२०८१ मा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधान सेनापति महारथी सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरे ।

कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई कदर पत्र प्रदान गरे ।

विमोचन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, प्राध्यापक वर्ग, रथीवृन्द, विषय विज्ञ तथा सम्पादक मण्डल, लेखकहरू लगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।