रुपन्देहीका चार पालिकाद्वारा रात्रीकालीन बजार सञ्चालन गर्ने प्रशासनसँग अनुमति माग
रुपन्देही । चार पालिकाले रुपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरपालिकाले ज्ञापनपत्र बुझाउँदै रात्रीकालीन बजार सञ्चालन गर्न माग गरेका हुन् ।
जिल्ला समन्वय समिति रूपन्देहीका मेयर उमाकान्त चपाईंसहित बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, तिलोत्तमाका मेयर रामकृष्ण खाण, सिद्वार्थनगरका मेयर इस्तिहाद अहमद खाँ र सैनामैनाका मेयर फणीन्द्र शर्माको टोलीले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।
बुटवलको कालिका पथमा रात्रीकालीन तथा ट्राफिक चोक र अमरपथमा राति ११ बजेसम्म बजार सञ्चालन गर्ने विषयमा सरोकारवालाहरूबीच पटकपटक भएको छलफल पछि सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन ।
रात्रीकालीन बजार सञ्चालन गर्ने उद्देश्यले प्रस्तावित क्षेत्रमा हाइमास्ड लाइट, सीसीटीभी क्यामेरा जडानलगायतका पूर्वाधार तयार भइरहेको बताइएको छ ।