देउवा थाइल्याण्ड उडेपछ खड्कालाई कांग्रेस कार्यवाहक सभापति
काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।
सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गरेकाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको नेपाली कांग्रेसले जनाएको छ ।
देउवा परिवारसहित थाइल्याण्ड भ्रमणमा निस्किएका छन् ।
