मलाई बुढै देख्न मन भए २०–२५ वर्ष पर्खिनुस् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले आपूmलाई बढै देख्न मन भए अझै २०–२५ वर्ष पर्खिन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ता नगर्न सबैमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन् “कतिपयलाई मेरो उमेर र स्वास्थ्यको चिन्ता छ । स्वास्थ्यको चिन्ता त पोहोर परार म बिरामी थिएँ । अहिले बिरामी सिरामी छैन, मलाई बुढै देख्न मन छ भने २०–२५ वर्ष पर्खिनुस् न बाबा । बुढो नभई त मान्छे रहनै सक्दैन नि । २०–२५ वर्ष पर्खिनुस् न । किन हतार । अहिले त मेरो बुवा हिँड्दै हुनुहुन्छ लौरो नटेकिकन । मलाई बुढो…. के भएका आँखा होलान् ?”
आफूलाई बुढो देख्नेहरूलाई हाफ म्याराथुन राख्ने प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले भने “मेरो बुवालाई भने हुन्थ्यो होला बरु । उमेरका कुरा, स्वास्थ्यका कुरा मेरो बारेमा ?, एक दिन हाफ म्याराथुन राखौँ कि क्या हो ?”