बर्खास्तमा परे ऊर्जा राज्यमन्त्री तामाङ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् ।
राज्यमन्त्री तामाङको कार्यशैलीमा प्रश्न उठेपछि नेपाली कांग्रेस नेता समेत रहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाएका थिए । तर राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् ।
कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका तामाङले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयका विरुद्धमा अभिव्यक्ति दिएका थिए ।
घिसिङलाई हटाउने विषयलाई लिएर कांग्रेसबाट ऊर्जा मन्त्री बनेका दीपक खड्का र राज्यमन्त्री तामाङबीच खटपट थियो ।
त्यस्तै पछिल्लो समय आफ्नै मन्त्रालयका सचिव सुरेश आचार्यसँग स्पष्टीकरण मागेका थिए । जवकि सचिवलाई स्पष्टिकरण सोध्ने अधिकार मुख्यसचिवलाई मात्र हुन्छ ।