शिक्षामन्त्रीमा एमाले नेता पन्त नियुक्त, शपथ बिहीबार
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गर्नु भएको हो ।
राजधानी केन्द्रित शिक्षकहरुको आन्दोलन थेग्न नसकेपछि सोमबार विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि रिक्त पदमा एमालेले पन्तलाई चयन गरेको हो । उनको सपथ विहीबार ४ बजे गराउने तयारी रहेको बताइएको छ ।
एमालेका समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा श्रममन्त्री भएका थिए ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आर्ज ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाएका थिए । राष्ट्रपति कार्यालयले नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ । ऊर्जाराज्यमन्त्रीको पद भने खाली छ ।
