यस वर्ष पनि गुन्जिए बुद्धवीरका गीत

काठमाडौं । गीतकार बुद्धवीर लामाको नवौं एकल साँझ सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा गत शनिबार आयोजित एकल साँझमा चर्चित गायक गायिकाको स्वरमा लामाद्धारा लिखित दर्जन बढी गीत प्रत्यक्ष प्रस्तुत गरिएको थियो । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व प्रमुख राष्ट्रिय एथेलेटिक्स प्रशिक्षक मधु शमशेर जबरा, नेपालका लागि युएईका राजदुत शहिद हमदाम अल नाबी लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा ‘नेपाली संगीत विशिष्ट सम्मान २०७६’बाट मनोज कुमार राईलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा ‘अन्तराष्ट्रिय संगीत साधना सम्मान २०७६’बाट मधुकर लोहनी, किरण मोक्तान, इजाज अलि, अनुपमा प्रधान र इन्द्र खरेल सम्मानित भए । त्यस्तै विशिष्ट राष्ट्रिय सम्मानबाट ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सम्मानित गरियो । समारोहमा इन्दिरा याक्थुम्बा, शिवराज पन्त, उमिल शेर्पा, रमेश शाही, शाकिर उद्धिनलगायतलाई शिक्षा सेवा सम्मान प्रदान गरिएको थियो ।
निजामति सेवा सम्मान शिव प्रसाद चापागाई, चेतकुमार पोखरेल, लक्ष्मण आचार्य, भीमबहादुर केसी, मुरलीप्रसाद बाँस्कोटालगायतलाई प्रदान गरिएको थियो भने अग्रणी समाजसेवीहरु दीपक गौतम र डम्बर खड्कालाई राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । इलाममा जन्मेका कर्मयोद्धा सम्मानबाट कुनाल राई, सिद्धी गिरी, ईन्द्र गुरुङलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।
यज्ञलाल श्रेष्ठ, त्रिरत्न मानन्धर, सुनिलकाजी बज्राचार्य, लीला कुमार श्रेष्ठ, याङ्दी लामा शेर्पालाई खेलकुद क्षेत्रमा योगदान पु¥याए वापत सम्मान गरियो ।
उत्कृष्ट समाजसेवी नागरिक सम्मान डा. खगेन्द्र बहादुर श्रेष्ठ, शम्भु प्रसाद दाहाल, बासु केसी, डिके लामालगायतलाई प्रदान गरिएको थियो । सम्मानित सबैलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले ताम्रपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए । हरेक बर्ष एकल साँझसँगै एक एल्बम र अनाथ तथा रोगी बृद्धलाई सहयोग गर्दै आएका गीतकार लामाले यसबर्ष सफलता एचआइभी शिक्षासदन स्कुल कीर्तिपुर र बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशन जोरपाटी अत्तरखेललाई नगद रु २५ हजार एकसय एक र बैकुण्ठ मानन्धर खेलकुद नेपाललाई ५१ हजार एकसय एक सहयोग प्रदान गरेका छन् ।


कार्यक्रममा गीतकार लामाका शब्द तथा नारायण लामा र प्रमिला लामाको स्वर रहेको ‘कागको फुल चोर्ने’ र रमेश बोखिम राईको स्वर संगीत रहेको ‘मैच्याङ’ गरि दुई एल्बम बिमोचन गरिएको थियो ।
कार्यक्रममा चर्चित गायिका कुन्ति मोक्तानले दुईवटा गीत सुनाएकी थिइन् भने गायक शम्भु राई र चन्द्रकुमार दोङले पनि एक एकवटा गीत सुनाएका थिए । अमेरिकाबाट आएका मनोज राईले भुटानी पोसाकमा सजिएर गीतकार लामाद्वारा रचित गीत गाएर सुनाए भने हाँस्य कलाकार गणेश इशाराले पेट मिचिमिचि हास्न वाध्य बनाएका थिए ।
युवा गायक रमेश राईले ‘माया जिन्दावाद’ गीत सुनाए भने चर्चित डान्सर भुवन लामाले ब्यङ्यात्मक गीतमा नृत्य प्रश्तुत गरेर मनोरन्जन दिलाएका थिए । कार्यक्रममा ब्लुरेन इन्टरनेशनल स्कुल तथा ज्ञानोदर बालबाटिका स्कुलका विद्यार्थीहरुले रमाइलो नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय भावना जागृत गराउन संगीतको सम्बद्र्धन गर्नुपर्ने औंल्याए । गीतकार लामाले गीत–संगीतका माध्यमबाट समाजलाई नयाँ बाटोमा डोहो¥याउन प्रेरित गर्ने र नेपाली कला संस्कृतिलाई विश्वमा चिनाउन सहज हुने बताए ।