संघीय संसद् सचिवालय परिसरमा वाणिज्य बैंकको काउन्टर

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले संघीय संसद् सचिवालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र रहेको संघीय संसद् सचिवालयमा रहेको सो एक्सटेन्सन काउन्टर र एटीएम सेवाको उद्घाटन सोमबार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गरेका हुन् ।
सो अवसरमा सभामुख महराले सरकारी बैंकको सेवाबाट सांसद्हरू तथा सचिवालयका कर्मचारीहरूलार्ई कारोबार गर्न सहज हुने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउँदै उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्सालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
उक्त समारोहमा अर्थ समितिका सभापति कृणप्रसाद दाहाल, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ, महिला समितिका सभापति निरु पाल, संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, सांसद्हरू, संसद् सचिवालयका सचिवहरू, सहसचिवहरू, बैंकका उपकार्यकारी अधिकृतहरू टेकराज जोशी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।