मेरिएट होटलमा एशियन विशेषताको रेष्टुरेन्ट ‘एडमामे’
काठमाडौं । काठमाडौं मेरिएट होटलले एशियन विशेषताको रेष्टुरेन्ट एडमामेको उद्घाटन गरेको छ । आरामदायी, उच्च गुणस्तरीय, आधुनिक एशियन विशेषता भएको रेष्टुरेन्ट एडमामेमा जापानी, थाई र चिनियाँ खानाको विभिन्न परिकार पस्कने बताइएको छ । सो रेष्टुरेन्टमा विशेष गरि याकिटोरी ग्रिल, लाइभसुशीबार, डिम सम स्टेशन तथा एशियनबाट प्रेरित ककटेल सर्भ गर्ने बार पनि रहेको बताइएको छ ।
एडमामेमा भएको शानदार सजावट, इन्ट्रिकेट प्याट्रन, रेशमको कपडा तथा आकर्षक एशियनकलाले ग्राहकहरुलाई एशियन देशहरुमा भएको महशुस गराउने बताइएको छ । त्यहाँ सजाइएको डिजाइनले प्राचिन विश्वको केही रहस्यमय घटनाहरुको संज्ञा दिने र अनुपमभोजनको अनुभव प्रदान गर्न अत्यन्तै पृथक रहेको बताइएको छ ।
एडमामेका एक्जुकेटिभ सेफ संजीव रञ्जन र सेफ निन्जाले हरेक उत्पादन स्वादिष्ट बनाउन उच्च गुणस्तरीय सामग्री प्रयोग भएको सूनिश्चित गर्नुका साथै शुद्ध स्वाद हाइलाइट गर्न विशेष ध्यान दिएर हरेक अनुभवलाई यादगार बनाउन विशेष सावधानी अपनाएर दक्ष क्युलेनरी सीपको उपयोग गर्दै आएको बताइएको छ ।
नेपालस्थित भारत र थाइल्याण्डका राजदुतहरुको उपस्थीतिमा गरिएको उद्घाटन समारोहमा आमन्त्रित विशिष्ट व्यक्तित्वहरुलाई आधुनिक परिकारहरुका थाई, जापानी र चिनियाँ खानाहरु दिइएको थियो ।
उद्घाटन समारोहमा बोल्दै काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिनलुईस रिपोचेले एडमामेमा सिग्नेचर खानाभन्दा फरक क्युसाइन पस्किने भएकाले खाना खाने हरेक व्यक्तिलाई जीवन्त स्वादको अविस्मरणीय अनुभव प्रदान गर्ने बताए । २८ जुलाईबाट सबैका लागि खुल्ला गरिएको एडमामे साँझ ६ः३० बजे पछि खुल्ने बताइएको छ ।