तीन फिल्मको भिडन्त, कसले मार्ला बाजी ?
काठमाडौं । चलचित्र ‘साइनो’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा तयार भएको सो चलचित्रको प्रेस शो हेर्न पुगेका कलाकार र पत्रकारले चलचित्र राम्रो र सन्देशमुलक भएको प्रतिक्रिया दिएका छन् । चलचित्र हेर्नका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पनि कुमारी हल पुगेका थिए ।
रमेश थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा नायिका नीता ढुंगाना, मिरुना मगरका साथै नव–कलाकार राजकुमार लगायतको मुख्य भूमिका छ । कलाकार राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतको अभिनय छ । पारिवारिक कथामा निर्माण भएको चलचित्रका सह–निर्माता शरण थापा हुन् ।
त्यस्तै शुक्रबारबाट अन्य दुई चलचित्र पनि प्रदर्शनमा आएका छन् । ‘साइनो’ले चलचित्र ‘रे’ र ‘काँचुली’ सँग प्रतिस्पर्धा गर्नुपरेको छ । तर तीन फिल्मध्ये ‘साइनो’ ले प्रचारमा मोटो रकम खर्च गरेकाले कमाइ पनि त्यसकै बढी हुने अनुमान गरिएको छ ।
फिल्म ‘रे’ मा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको फिल्ममा अभिनय छ । भने, ‘काँचुली’ मा ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे प्रमुख भूमिकामा छिन् ।
प्रेम र एक्सनले भरिएको ‘रे’ मा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा निगेटिभ भूमिकामा रहेका छन् । फिल्मका प्रमुख अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाको प्रेममा सुनिल थापा बाधक बनेको बुझ्न सकिन्छ ।
दिनेश पौडेलले निर्देशन गरेको यो फिल्मलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको फिल्ममा अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ ।
यसमा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य रहेको छ ।
त्यस्तै फिल्म ‘काँचुली’ मा शुभेच्छा थापा, रबिन श्री, सुभाष गजुरेल, शर्मिला शर्मा र राजन महर्जनको मुख्य भुमिका रहेको छ । छायांकन सुशील डाँगी, दन्द्व देव महर्जन, नृत्य राजन महर्जन र दिलिप राई, लेखन÷निर्देशन शंकर अधिकारी ‘घायल’ को रहेको छ । फिल्ममा संगीत राजु लामा, राजेन्द्र बजगाईँ, शंकर अधिकारी घायलको रहेको छ भने सपना श्री, नित्याशिवा, राजेन्द्र बजगाइ र शम्भु रै का आवाज रहेको छ ।