नेकपाभित्रको वास्तविकता छताछुल्ल
विवादको भित्री रहस्य / प्रचण्डको पश्चाताप
काठमाडौं । करिव दुई महिनाको लामो रस्साकस्सीपछि नेकपाभित्रको बिवाद सल्टिएको छ । गत शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टीको नौ सदस्यीय सचिवालय बैठकले ३१ वटा बिभाग, एउटा प्रतिष्ठान र सातवटै प्रदेशमा सह–इञ्चार्जहरुको टुंगो लगाएको छ । यसअघि नै सचिवालय बैठकले सातवटै प्रदेशका इञ्चार्जको जिम्मेवारी तोकिसकेको थियो ।
नेकपा सचिवालयले गरेको यो निर्णयसंगै २०७५ जेठ ३ गते भएको दुई कम्युनिष्ट पार्टीको एकताले करिव करिव पूर्णता पाएको छ । साथै शुक्रवारको यो निर्णयसंगै पार्टीभित्र रहेको बिवादको अन्त्य पनि भएको छ । स्कुल बिभागको बिवाद सल्टिएसँगै लामो समय अर्थात करिव दुई महिना देखिको आन्तरिक बिवादले निकास पाएको हो । खासगरी पार्टीको आन्तरिक ३२ बिभाग मध्ये स्कुल बिभागको बिषयलाई लिएर पार्टीका बरिष्ठ नेताहरुले राजनीति आशक्ति देखाउँदा बिवाद सतहमा आएको थियो । दुवै अध्यक्ष पक्षधरका नेताहरुले स्कुल बिभागलाई लिएर आ–आफनो अडान यथावत राखेपछि पार्टी भित्रको आन्तरिक असन्तुष्टि कार्यकर्ता स्तरसम्मै पुगेको हो र यसलाई सतहमा ल्याउने काम पार्टीभित्रकै जिम्मेवार नेताहरुले नै गरेका थिए ।
पूर्वएमाले र माओवादी दुवै पक्षका बरिष्ठ नेताहरुको स्वार्थ, गुटगत समुहले स्कुल बिभागलाई जुँगाको लडाइँको रुपमा लिएकै कारण बिभागहरुले लामो समयसम्म पूर्णता पाउन सकेका थिएनन् । दुई पार्टी अध्यक्ष र सचिवालयले चाहेर पनि बिभागको बाँडफाँड वा जिम्मेवारीको टुङ्गो लगाउन नसकेपछि मुलुक भित्र र बाहिर पार्टीको खुलेर नै आलोचना भएको थियो । त्यतिमात्र होइन, अब पार्टी एकीकरण हुनै नसक्ने भन्दै केही राजनीतिक दल र बिदेशी शक्तिहरु एकता भाँड्न भित्रभित्रै सक्रिय भएका थिए । दुई पार्टी एकीकरणको बिचमा हुुनुपर्ने सवै कुरा सकि सकेर पनि ‘हात्ती छि¥यो, पुच्छर अड्क्यो’ भन्ने उखानलाई चरितार्थ गर्न उनीहरुले स्कुल बिभागलाई बिवादको बिषय बनाएपछि उनीहरुको चलखेल बढेको हो । सचिवालयले बिभागलाई पूर्णता दिन आलटाल गरेपछि षडयन्त्रको गन्ध आएको भन्दै अध्यक्षद्वय पनि चिन्तित बनेका थिए । तर स्कुल बिभागलाई लिएर नेताहरुलाई एकआपसमा लडाउने खेलको शुरुवात भएपछि बिवादले अर्कै रुप लिएको रहस्य खुलेको थियो ।
साउन महिनाको दोश्रो हप्ता अध्यक्ष प्रचण्ड र तेश्रो हप्ता प्रधानमन्त्री ओली क्रमश आराम गर्न दुवई र सिंगापुर गएपछि स्कुल बिभागको रहस्यको गाँठो बिस्तारै फुक्दै गएको बताईन्छ । ३२ बिभागमध्ये पुर्व एमालेले १८ र माओवादीले १४ वटा लिने गरी सहमति बनिसकेको बिषयलाई अन्तिम अवस्थामा आएर स्कुल बिभागमा गएर हलो अड्काएर गोरु चुट्ने काम किन भयो ? यसमा बिभिन्न पm्याक्टरहरुले काम गरेको अड्कलवाजी राजनीतिक पण्डितहरुले गरेका छन । उनीहरुका अनुसार यस बिचमा स्कुल बिभागको जिम्मेवारीको बिषयलाई लिएर राजनीतिक रुपमा पानी बाराबारको स्थितिमा पुगेका दलका नेताहरु आखिर अन्तिम अवस्थामा आएर किन एक्कासी सहमतिमा पुगे यसका थुप्रै कारणहरु छन् ।
अहिले आएर यसअघि पनि सो बिभागको बिषयमा खासै बिवाद नभएको तर सञ्चार माध्यमहरुले बढि उछालेको आरोप नेताहरुले नै लगाउन थालेका छन् । यदि नेताहरुको कुरा आम नेपाली नागरिकहरुले सजिलै पत्याउनुपर्ने हो भने सिंगापुरमा उपचार गराउन गएका प्रधानमन्त्री ओलीले उपचार प्रक्रिया सकेर पनि आफ्नो भ्रमणको अवधि किन बढाए ? उपचार नसकिएको बहानामा उनले भारतीय र चीनका राजनीति दलका नेताहरुसंग भेटघाटका लागि भ्रमण लम्वाएको जानकारी स्रोतले दिएको छ । उनी स्वदेश फर्किएपछि पनि गत बिहिवार बस्ने भनिएको नेकपा सचिवालय बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएको बहाना गरी एकदिन पर सारिएको थियो । प्रधानमन्त्री स्वयंले आफुलाई ज्वरो आएको र एक टयावलेट सिटामोल खाने बित्तिकै ठीक भएको तर्क गरेका थिए । तर अघिल्लो दिन बैठकमा भाग लिन नसक्ने गरी बिरामी परेका प्रधानमन्त्री ओली भोलिपल्ट किन र कसरी तन्दुरुस्त हुन सके ? यो बिचमा धेरै राजनीतिक खिचडी पाकेकै हो । यस कुराको अनुमान लाउन अब कुनै आइतवार कुरिरहन आवश्यक पर्दैन ।
प्रधानमन्त्री ओलीको सिंगापुर भ्रमण लम्विएसंगै नेपाली राजनीतिमा केही फेरबदल हुने अनुमान गरिएको थियो । पुर्वअनुमानअनुसार सबै कुरा त भएन पुर्व माओवादीलाई स्कुल बिभागको सटट प्रचार बिभागमा मनाउन प्रधानमन्त्री ओली सफल भए । स्कुल बिभाग पुर्व एमालेले लिने कि पुर्व माओवादी कसले लिने भन्ने बिषयलाई लिएर नेताहरुबिच यति लामो समयसम्म जुँगाको लडार्इं चलाएर जग हसाइपछि दुवै पक्ष सहमतिमा आउन कस्ले बाध्य बनायो घटनाक्रमहरुले पुष्टि गर्दै जानेछ । यस बिचमा अर्का अध्यक्ष श्रीमतीसहित चारदिन दुवईमा पुगेर दिमाग फ्रेस गरेको बताए पनि उनले पनि महत्वपुर्ण राजनीतिक भेटघाट गरेको बताइएको छ । दुवै अध्यक्षलाई बिदेशी भुमिबाटै तत्कालै पार्टीभित्रको बिवाद हल गरेर अगाडि नबढे राजनीतिक कोर्ष नै परिवर्तन गरिदिने धम्की दिइएको थियो । खासगरी भारतीय पक्षले यस्तो धम्की दिएपछि प्रधानमन्त्री ओली र प्रचण्ड लत्रिएको जानकार स्रोतले बताएको छ ।
उनीहरुको धम्कीको अगाडि दुवै अध्यक्ष टिक्न नसकेपछि बाध्य भएर भारत निकट नेताको छबि बनाएका उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई स्कुल बिभाग र चीन निकट मानिने नारायणकाजी श्रेष्ठलाई प्रचार बिभागको जिम्मेवारी दिइएको हो । दुवै अध्यक्षले सन्तुलन मिलाउनकै लागि पुर्व अडान छाडेको बताईएको छ । केहीसमय अगाडि मात्र रक्षामन्त्रीसमेत रहेका पोखरेलले पुर्व राजा ज्ञानेन्द्रसंग तीन घण्टा गोप्य भेटघाट गरेका थिए । गोप्य भनिएको भेटघाटको बिषयलाई लिएर अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाउँदै खुलारुपमा पुर्व राजालाई नागार्जुनबाट पनि लखेट्ने धम्की दिए । ईश्वर पोखरेलले पुर्व राजासँग गरेको गोप्य भेटघाटले अत्तालिएका प्रचण्ड आफ्नो अडानबाट पछि हट्दै प्रचार बिभागमा भएपनि चित्त बुझाउन किन राजी भए रहस्यका पोकाहरु बिस्तारै खुल्दै जानेछन् । जनयुद्धकाल भरि माओवादीका कट्टर आलोचक रहेका प्रधानमन्त्री ओलीले काखमा राखेर प्रचण्डहरुलाई सिध्याउन खोजेको चाल पाएका थिए । त्यसपछि पुर्व राजा र एमाले मिल्न लागेको संकेत पाएका उनले नागार्जुनबाट पनि राजालाई लखेट्ने अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीलाई साइजमा ल्याउन खोजेपनि सफल भएनन । अन्तत नेकपा एमाले र नेकपा माओवादीबिच पार्टी एकीकरण भएको १४ महिनापछि एकीकरणले मुर्तरुप पाएको छ ।
नेता बामदेब, अध्यक्ष प्रचण्ड र खासगरी पार्टीभित्रका शक्तिशाली नेताहरुको स्वार्थका कारणले नै यो बिवाद सल्टन सकेको थिएन । स्कुल बिभागमा कसलाई ल्याउने भन्दा पनि आफ्नो गुटलाई कसरी बलियो बनाउने भन्ने ध्याउन्नमा प्रमुख नेताहरु लागेका रहेछन् भन्ने कुराको रहस्यको पोको खुलेको छ । बिधानमा नभएको पद खडा गरी नेता बामदेब गौतमलाई उपाध्यक्षसहित संगठन बिभागको जिम्मेवारी तोकिनुले पनि रहस्यको पोको खुलेको हो ।
शुक्रवारको सचिवालय बैठकले नेता गौतमलगाएत अन्य नेताहरुलाई दोहोरो,तेहोरो जिम्मेवारी तोकेकोमा पार्टी भित्रबाटै आलोचना शुरु भएको छ । पार्टी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले कसैलाई पदको खातैखात, कोही बेरोजगार भन्दै बिरोध गरेका छन् । त्यसैगरी पार्टीभित्र तेस्रो बरियातामा रहेका पुर्व प्रधानमन्त्री झलनाथ खनालले पनि बरियाताक्रम नमिलेको भन्दै असन्तुष्टि जनाईरहेका छन् । आफु पुर्व प्रधानमन्त्री माधव नेपाल भन्दा सिनियर रहेको भन्दै उनीभन्दा आफनो बरियाताक्रम माथि राख्न सचिवालय बैठकमा खुलेरै अभिव्यक्ति राखेका छन् ।
उता माधव नेपालले यो बिषयमा आफ्नो प्रतिक्रिया जनाइसकेका छैनन् । तर नौ सदस्यीय सचिवालय कमिटीमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली दिनप्रतिदिन अल्पमतमा पर्दै गएपछि नेता बामदेवलाई उपाध्यक्षसहित संगठन बिभागको जिम्मेवारी दिएर आफनो पल्लाभारी बनाउन खोजेको आरोप पार्टीभित्रबाटै लाग्न थालेको छ । बामदेबको सहयोगमा पार्टी अध्यक्षमा निर्वाचित भएका प्रधानमन्त्री ओलीलाई गौतमले पछिल्लो समयमा आएर असहयोग गरेपछि पार्टीमा मात्र होइन सरकार सञ्चालनमा समेत अप्ठ्यारोमा परेको महसुस भएपछि गौतमलाई फकाउन सो जिम्मेवारी दिएको बताइन्छ ।
नेकपाको एकताले पूर्णता पाउँदै गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेकोमा घुमाउरो पाराले पश्चताप गरेका छन् । राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौंमा गरेको अन्तरक्रियामा प्रचण्डले एकताका लागि पनि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता हुनुपरेको टिप्पणी गरेका छन् ।
अध्यक्ष प्रचण्डले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको समेत बताउनुले एकता कति ठिक्छ भन्ने प्रश्न खडा भएको छ ।