मुुक्तिनाथको ‘चाडपर्वस“ग खुसीको बहार’

काठमाडौँ । मुक्तिनाथ विकास बैंकअन्तर्गत मुुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको छ । भाद्र ०१, २०७६ देखि लागू भएको यो योजना कार्तिक ३० गतेसम्म रहने बताइएको छ ।
रेमिट्यान्स (विप्रेशण) केन्द्रित यो योजनामा तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनुु हुने वा कुनै पनि रेमिट्यान्समार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिनुहुने सम्पुर्ण ग्राहकवर्गमध्येबाट भाग्यशाली विजेताहरूलाई विभिन्न ७६ पुरस्कारहरू वितरण गरिने बताइएको छ । ७६ पुरस्कारमध्ये २५ जनालाई ब्लुुतुुथ स्पिकर, २० जनालाई प्रेसर कुुकर, १५ जनालाई स्र्माट मोबाइल सेट, ७ जनालाई ३२ इन्चको स्र्माट एचडी टिभी, पाँच जनालाई दुुई सय लिटरको फ्रिज, तीन जनलाई ल्यापटप र एक जनालाई स्कुुटर बितरण गरिने बैंकले जानकारी दिएको छ ।
भाग्यशाली विजेताहरूको घोषणा बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बाट २०७६ मंसीर १५ गते आइतबार ३ बजे यस विकास बैैकको फेसबुुक पेजमार्फत लाईभ गरिनेछ । बैंकले यस अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।
बैंकले हाल देशैभरि एक सय १८ वटा शाखा, २२ वटा एटीएम र करिब सात लाख ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशैभरि भिषा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निशुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन् ।