प्रत्येक महिनाको १ गते र १५ गते कार्यकर्ता भेट्छु भन्ने प्रम ओली कता ?

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम बनाएका थिए ।

प्रत्येक महिनाको पहिलो दिन बिहान ११ देखि १ बजेसम्म धुम्बाराहीस्थित पार्टी कार्यालय र १५ गते पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोही समयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका उनको सचिवालयले विज्ञप्ती मार्फत सार्वजनिक भएको थियो तर साउन १५ मा भने ओली कार्यकर्ता भेट्न गएनन् ।

बल्लतल्त साउन १ गते धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेर कार्यकर्तासँग भेटघाट गरेपनि साउन १५ गते पेरिसडाँडा पार्टी कार्यालयमा भेटघाट गर्ने कुरा सेलाएर गयो प्रधानमन्त्री पुगेनन् ।

यसरी प्रधानमन्त्रीले आफुले गरेको कार्यकर्ता भेट्ने वाचा अपुरो र अधुरो भएको छ । आफ्ना कार्यकर्ता भेट्ने भनेर समय मिति नै सार्वजनिक गरेपछि त जानु पर्ने होइन र ? अहिले आम कार्यकर्ताले यो प्रश्न गरेका छन् । कार्यकर्ताको गुनासो यो पनि छ प्रधानमन्त्री ओली ज्यू बारम्बार धुम्बाराहीमा रहेको पार्टी कार्यालय पुग्ने ओली किन पेरिस डाडाँ नआउने ।