गाईगोरु हत्या प्रकरण : गृहको चासो

कसले लडायो भीरबाट गाई ?

काठमाडौं । नेपालगंञ्ज उपमहानगरपालिकाले नगरप्रहरीको कमाण्डमा पठाएका गाईगोरु बिचबाटोमा नै किन मारिए यो बिषय रहस्यमय बन्दै गईरहेको छ । नेपालगंञ्जमा जम्मा गरिएका ती गाईगोरु कसका आदेशमा कहाँ लगिदै थिए ? किन त्यसरी ट्रकमा खाँदेर लानुको कारण केहो यो बिषयको छानविन गर्न आवश्यक छ । गाई राष्ट्रिय जनावर हो । गाईलाई नेपालीहरुले माताको रुपमा पुजा गरिरहेका छन । गाईको महिमा लेखि साध्य छैन । तर, हिजो आज सडकमा जताततै गाईका बाच्छाबाच्छी निर्वाधरुपमा बिचरण गरिरहेका हुन्छन । किन उनीहरु यसरी सडकमा आउँछन यस बिषयमा बहस चलाउन आवश्यक छ ।
हिन्दु धर्म संस्कारअनुसार बर्षको एकपटक गाई र गोरु दुवैको पुजा गरिन्छ । तर ती पुजनिय गाईगोरु शहरीकरण बढेसंगै घरघरबाट बिस्थापित हुदै गएका छन । त्यसैको परिणाम हुन्सक्छ सुर्खेतमा मृत भेटिएका २४ वटा गाईगोरु । बढदो शहरीकरणसंगै घरघरमा पालिएका पशु चौपायालाई सडकमा लगेर छोडनेक्रम अहिले निकै बढदो छ । संघीय राजधानीका सडकहरुमा जताजतै गाईबस्तु भेटिन्छन । त्यतिमात्र होइन राजमार्गमा समेत बेवारिसे गाईबस्तुका कारण सवारी दुघर्टना समेत हुने गरेको छ ।
पशु अधिकारवादीहरुले यो बिषयमा बाराम्बार कुरा उठाएपनि सरोकारवालाहरुले बेवास्ता गरिहेका थिए । सुर्खेत घटनापछि सरकारको ध्यान यसतर्फ गएको छ । त्यस घटनालाई देशभरीका बेवारिसे गाइवस्तुको बारेमा पनि खोजबिन हुन जरुरी छ । करिव डेडसय जति सुर्खेतको कटुवा क्षेत्रमा बेवारिसे अवस्थामा छाडिएका छन । किन यसरी तिनिहरुलाई बेवारीसे बनाइयो ? यस घटनाबारे छानविन गर्न गृहमन्त्रालयले १५ दिनको समयसिमा तोकेर उपसचिव सागरमणि पाठकलाई सत्यतथ्य पत्ता लगाउन भनेको छ । मन्त्रालयले शनिबार बिज्ञप्ती जारी गर्दै गौहत्या जस्तो जघन्य अपाराधमा संलग्न ब्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने बताएको छ । मन्त्रालयका सहसचिब एवम प्रवक्ता रामकृष्ण सुवेदीद्धारा जारी बिज्ञप्तीमा यो घटनाको छानवीनलाई सहयोग पुरयाउन सबै पक्षसंग आग्रह गरेका छन ।