नेपाल बैंकको शान्तिपुरमा शाखा पुनस्र्थापना
गुल्मी । नेपाल बैंकले गुल्मीको शान्तिपुरमा शाखा पुनस्र्थापना गरेको छ । बैंकले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैंक लिमिटेड शान्तिपुर शाखा पुनस्र्थापना गरेको हो । उक्त शाखाको नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका बीच संयुक्तरूपमा समुद्घाटन गरेका हुुन् ।
सो अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष अधिकारीले बैंकको समग्र अवस्थाबारे प्रकाश पार्दै नेपाल बैंक नवीनतम प्रविधिहरूको अधिकतम उपयोग गदै ग्राहकमुखी बैंकिङ अभ्याससहित अघि बढिरहेको बताए । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले आफ्नो गाउँपालिकामा बैंक पुनस्र्थपित भएकोमा प्रशन्नता व्यक्त गदै यसबाट गाउँपालिकाको आर्थिक गतिविधिमा तीव्रता आउने बताए । यसैगरी नेपाल बैंकको प्रादेशिक कार्यालय प्रदेश नं५ का प्रमुख पाशाङ दोर्जी शेर्पाले केही समयमै गुल्मीको तम्घास, अर्र्घाखाचिको सन्धिखर्कलगायतका स्थानमा शाखा तथा गुल्मीको रिडीमा एक्सटेन्सन काउन्टर र शान्तिपुर शाखामा छिटै एटीएमसेवा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।
नेपाल बैंक शान्तिपुर शाखाका शाखा प्रबन्धक सुर्यराज गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका तर्फबाट विन्दु कुवर घिमिरेले स्वागत मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा नेवैलिप्रादेशिक कार्यालय प्रदेश नं.५ का सहायक प्रबन्धक रविन पौडेल, चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष राधिका अर्याल, दिनेश नेपाललगायतका वक्ताले बैंक सेवाका विविध पक्षमा प्रकाश पारेका थिए । गुल्मी जिल्ला समन्वय समितिका सदस्यहरू, चन्द्रकोट तथा वरेङ गाउँपालिकाका पदाधिकारीहरू र स्थानीय जनसाधारणको भव्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय अधिकांश वक्ताहरूले स्थानीय जनताको लामो प्रयत्नपश्चात् शाखा पुनस्र्थापना भएकोमा प्रशन्नता व्यक्त गर्दे बैंकबाट ग्राहकमुखी सेवाको अपेक्षा प्रकट गरेका थिए ।