डेंगुको महामारी नियन्त्रण गर्

सम्पादकीय

राजधानी लगाएत मुलुकका ७६ जिल्ला डेंगुबाट प्रभाबित भएका छन । अव्यवस्थित शहरीकरण र औद्योगिकीकरणका कारण पनि डेंगु फैलिएको हो । शहरी इलाकामा पानीको अभाव हुनु तथा फोहोरमैला व्यवस्थापनमा राम्रोसँग ध्यान नपु¥याउँदा डेंगुको संक्रमण फैलदै गएको छ । प्लाष्टिकका सामग्रीहरु, टायरको अधिक प्रयोग र प्रयोगपछि त्यसै छोड्ने प्रवृत्तिले गर्दा संक्रमण बढाएको छ । पानी पर्ने अत्यधिक गर्मी महिनाहरुमा यो बढी मात्रामा देखिन्छ । खडेरी तथा ग्रिन हाउसका कारण पृथ्वीको बढ्दो तापक्रमले भविष्यमा डेंगुको महामारी थप निम्तिने खतरा छ । यही क्रममा जनसंख्या बढदै जाने र वातावरणीय तापक्रम वृद्धि हुदै गएमा सन् २०८५ सम्ममा संसारका करिब ५० प्रतिशत जनसंख्या यो संक्रमणको उच्च जोखिममा पर्ने निश्चित भएको बिज्ञहरुले बताएका छन ।
नेपालमा सन् २००४ मा पहिलोपटक एक जना जापानी स्वयंसेवकमा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सन् २००६ मा भने यसले महामारीको रुप लियो । त्यो समयमा झन्डै १ सय ४० जना संक्रमित भएको अनुमान गरिएको थियो । सन् २००७ मा २७ जना, २००८ मा १० जना, २००९ मा ३० जना संक्रमित भएको अनुमान गरिन्छ । यता २०१० मा भने संक्रमणले नेपाललाई त्रसित बनायो । जुन बेला करिब ९ सय १७ जनालाई संक्रमण भएकोमा ५ जनाको त मृत्यु नै भयो । यसले गर्दा नेपालको तराई क्षेत्रमा आतङ्क नै सिर्जना भएको थियो । सन् २०११ मा करिब १ हजा १ सय ९२ जनालाई संक्रमण भएको अनुमान गरिएको थियो । यो वर्षको भदौको पहिलो साता दाङमा २ वर्षकी बालिकामा डेंगु संक्रमण पत्ता लागेको थियो भने त्यसअघि जेठको अन्तिम साता चितवनमा दुईजना डेंगुका रोगी भेटिएका थिए ।
यो बर्ष जेठ र भदौमा यि दुई जिल्लामा देखिएको डेंगु आजका दिनसम्म मुलुकभर नै फैलिसकेको छ । यसको रोकथाम गर्न सरकारले ध्यान नदिएको भन्दै आलोचना समेत भएका छन । संसदमा प्रतिपक्ष भुमिकामा रहेको नेपाली काँग्रेसले यो बिषयमा सरकारको ध्यानाकर्षन पनि गराइसकेको छ । राजनीतिक दलहरुले पनि यो बिषयलाई चासोको रुपमा लिएका छन । यो बिषयमा अब स्थानीय र प्रदेश सरकारको पनि ध्यान जान जरुरी भइसकेको छ । स्थानीय सरकारले स्कुल तथा कलेजका बिद्यार्थीहरु मार्फत पनि घरघरमा यो बिषयमा जानकारी गराउन आवश्यक छ । स्थानीय सञ्चारमार्फत पनि समयमा डेंगु रोगबारे जानकारी गराउन ढिला गर्नुहुदैन ।

डेंगु लक्षण
– एक्कासी उच्च ज्वरो आउनु
– असाध्यै टाउको दुख्ने
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
– ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
– शरीरमा विमिरा आउने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– बेहोस हुने आदि ।

बच्ने उपाय
– लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु ।
– कही, कतै पानी जम्न नदिने ।
– पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने ।
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने ।
– फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने ।
– यो लामखुट्टेले दिउँसो टोक्ने शरिर ढाकिने लुगा लगाउने ।
– दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने ।
– साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउने ।
– लामखुट्टे भगाउने मलहम दल्ने ।
– घरका झ्याल ढोकामा जाली लगाउने ।
– घर वरिपरि सफा सुग्घर राख्ने ।
– पानी जम्ने खाल्टा खुल्टी पुर्ने ।