सिटिजन्स बैंकद्वारा प्रहरीलाई मोटरसाइकल सहयोग
ललितपुुर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई तीन थान मोटरसाइकल हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरमा
आयोजित एक कार्यक्रमबीचबैंकले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी परिसर, ललितपुरलाई तीन थान मोटरसाइकल सहयोग गरेको हो । ललितपुर जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुले समयसापेक्ष जनमैत्री प्रहरी सेवा प्रदान गरी समग्र जिल्लामा शान्ति सुरक्षा कायम गरी अपराधमुक्त समाजको निर्माण गर्ने जिम्मेवारी बहन गरेका नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई अझ थप हौसला प्रदान गर्ने अभिप्रायले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीन थान यामाहा एफजेड तीन मोटरसाइकल उपलब्ध गराएको हो ।
यस किसिमको सहयोगबाट ‘प्रहरी मेरो साथी’को भावनावृद्धि हुने विश्वास बैंकले व्यक्त गरेको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ ।
बैंकले हाल ८२ वटा शाखा, ७८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाइजस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।