बामपन्थी नेता एंवम पुर्व सांसद दाहालको निधन

काठमाडौं । नेकपाका नेता तथा पुर्व सांसद हरि बैरागी दाहालको निधन भएको छ । अस्ति शुक्रबार उनको निधन भएको हो । एकहप्ता अगाडि तिनकुनेमा हिंड्दा हिंड्दै एक्कासी उनलाई हृदयघात भएर लडेपछि त्रिभुवन बिश्वबिद्यालय टिचिङ अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर सेन्टरमा पु¥याइएको थियो ।
दाहाल २०५१ सालमा संखुवासभा जिल्ला क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । संखुवासभा जिल्लाका जनताले त्यो बेलासम्म बिजुली बत्ति कस्तो हुन्छ देखेका थिएनन् । दाहालले नै सांसद भएपछि सो जिल्लालाई बत्ति बालेर झलमल्ल पारेका थिए । दाहालको यो बिकासलाई त्यहाँका जनताले संधैभरी संझिरहनेछन् । उनको मृत्युसँगै संखुवासभाली जनताले एक बिकासप्रेमी नेता गुमाएका छन् । दाहालका पत्नी, दुई छोरी र एक छोरा छन् ।