गुल्मी दरवार गाउँपालिकाले एक वर्षमा गरेको वित्तय प्रगति विविरण सार्बजनिक गरेको छ ।
गुल्मी- दरवार गाउँपालिकाले बिहीवार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा केही नीतिगत अस्पष्टता, कानूनको अभाव लगायत समस्याले अन्योलता सिर्जना भएपनि प्रगति सन्तोसजनक भएको जानकारी दिएको हो ।
गत आर्थिक वर्षमा गाउँपालिकाले कुल २४ करोड ६९ लाख ५० हजार ५४ रुपैयाँ ४० पैसा वजेटको कार्यक्रम तर्जुमा गरेको थियो । जसमध्ये १० करोड एक लाख २३ हजार शसर्त अनुदान र १४ करोड ६८ लाख २७ हजार ५ सय चार रुपैयाँ ४० पैसा समानिकरण अनुदान प्राप्त गरेको गाउँपालिका अध्यक्ष अशोक थापाले जानकारी दिए ।
समानिकरण अनुदानबाट ११ करोड ९३ लाख ३३ हजार ५ सय चार रुपैयाँ ४० पैसा पूँजीगत खर्चमा र २ करोड ७४ लाख ९४ हजार चालु खर्चमा विनियोजन गरिएको थियो । शसर्त अनुदान तर्फ १० करोड १ लाख २३ हजार मध्ये ९ करोड ७५लाख ४७ हजार ५सय ४३ रुपया खर्च भएको जनाएको छ ।
जसको खर्च प्रतिशत ९७.४२ प्रतिशत रहेको गाउँपालिका अध्यक्ष थापाले बताए । समानिकरण अनुदानतर्फ चालु २ करोड ७४ लाख ९४ हजार वजेट मध्ये २ करोड ६७ लाख ९४ हजार ५४ रुपयाँ खर्च भएको छ ।
कुल रकमको खर्च प्रतिशत ९७.४५ रहेके छ । पूँजीगत ११ करोड ९३ लाख ३३ हजार ५०४ रुपयाँ मध्ये १० करोड ३८ लाख ७० हजार १५१ रुपयाँ रहेको छ ।
कुल वजेटको ८७ प्रतिशत खर्च भएको छ । गाउँपालिकाले चालु तर्फ जम्मा बित्तीय प्रगति ९२.४ प्रतिशत गरेको गाउँपालिका कार्यकारी अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । खर्च मध्ये वित्तीय प्रगति ९२.४५ प्रतिशत रहेको छ ।
गाउँपालिकाले एक वर्षमा कार्यालयमा डिजिटल नागरिक बडापत्र, डिजिटल बोर्ड, डिजिटल विधुतिय हाजिरी, प्रत्येक वडामा नागरिक बडापत्रको व्यवस्था, सार्वजनिक सुनुवाई, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अशोक थापाले बताए ।
गाउँपालिकाले २७ वटा कानूनहरु तर्जुमा गरी कार्यान्वयमा ल्याइएको छ ।