सिटिजन्स बैंकद्वारा नशारहित समाजलाई सहयोग
काठमाडाँै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नशारहित समाज नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरूलाई कुलतबाट छुटाउने कार्यमा अहोरात्र काम गर्दैआएको समाजलाई एक लाख एक हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो । नशारहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमकाबीच बैंकले एक लाख एक हजार रूपैयाँबराबरको चेक संस्थाका सञ्चालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको हो ।
लागुऔषध प्रयोगकर्तामा मनोबल र आत्मबल अभिवृद्धि गरी लागुपदार्थप्रति वितृष्णा उत्पन्न गराउने, लागुपदार्थको नराम्रो असरबारे जनजागरण कार्यक्रम सञ्चालन गरी लागुऔषध प्रयोगकर्ताको कारणबाट उत्पीडित समाजलाई राहत दिलाउने, लागुऔषध प्रयोगकर्ताहरूलाई उपचार गरी परिवार र समाजमा पुनस्र्थापना गर्ने,सीपमूलककार्यमा सहभागी गराई स्वावलम्बी बन्न सिकाउने, लागुऔषध प्रयोगबाट सिर्जना हुने रोगहरूबारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता कार्यमा कटिबद्ध भएर लागेको सुधारगृहमा हाल २४ जना लागुऔषध दुव्र्यसनमा फसेका युवाहरू उपचारको क्रममा रहेका छन् । अब निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
बैंकले शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाइजस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरूको स्थापना गरिसकेको छ ।