१०८ वर्षे हजामको निधन

संसारको सबैभन्दा वृद्ध हजाम एन्थोनी म्यानकिनेलीको १०८ वर्षको उमेरमा निधन भएको छ । न्युयोर्क निवासी एन्थोनी ९६ वर्षसम्म कपाल काट्ने पेसामा सम्लग्न भए । सेप्टेम्बर १९ मा मृत्यु भएका एन्थोनीका परिवार सदस्यका अनुसार उनी जीवनको अन्तिम समयसम्म पनि सक्रिय रहे ।
सन् २०१८ मा एन्थोनीको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा विश्वको सबैभन्दा बृद्ध हजामको रुपमा नाम दर्ता भएको थियो ।
गिनिज वल्र्ड रेकर्डका अनुसार एन्थोनी आफ्नो परिवारसँग ८ वर्षको उमेरमा अमेरिका आप्रवासनमा गएको थिए । परिवारको कमजोर आर्थिक अवस्थाको कारण १२ वर्षको उमेरमा उनी कपाल काट्ने पेसासँग प्रवेश गरे ।
उनले न्युबर्गमा स्कूलको पढाई गरे तर कहिले आफ्नो ग्रेजुएसन पुरा गर्न सकेन । जिन्दगीभरी स्वस्थ रहेका उनलाई अन्तिम समयमा भने क्यान्सर रोग लागेको थियो । यही वर्ष फेब्रुअरीमा उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो । सोही रोगको कारण उनको मृत्यु भएको हो ।