देउबा किन ‘युट्रन’ ?
काठमाडौं । गत शुुक्रबार भक्तपुरमा पार्टीद्ववारा आयोजित एक प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका सभापति एव पुर्व प्रधानमन्त्री शेरबहादुर देउबाले रौतहट हत्या प्रकरणमा जोडिएर पक्राउ परेका सांसद मोहम्मद आफताब आलमको बचाउ गरेका थिए । देउबाले १२ बर्ष अघिको घटनाको बिषयलाई जोडेर सांसद आलमलाई पक्राउ गर्नु गलत भएको भन्दै सरकारको बिरोध गर्नुभएको थियो । सभापति देउबाले सांसद आलमको पक्षमा बोलेको बिषयलाई लिएर पार्टी भित्र र बाहिर जतातै बिरोध भएपछि आफनो भनाई शनिबार नै फिर्ता लिएका छन् ।
सभापति देउबाले जगन्य हत्या प्रकरणमा जोडिएका पुर्वमन्त्री एव सांसद आलम पक्राउको गत शुक्रबार कार्यकर्तामाझ खुलेरै बिरोध जनाएका थिए । तर उनको यो बचाउ अभिव्यक्ति २४ घण्टा पनि टिक्न सकेन । उनले शनिबार नै एक बिज्ञप्ति जारी गरी आफनो भनाइको खण्डन गरेका छन । बिज्ञप्तिमा सभापति देउबाले घटनाको छानविनमा सघाउने प्रतिबद्धता जनाएका छन ।