गुल्मीका पहिलो उद्योगपति खरेल अस्ताए

प्रेम सुनार

बुटवल । बुधवार साँझ गुल्मीको अर्लाङ्गकोट जिप दुर्घटनामा ज्यान गुमाउने ७२ बर्षीय रामप्रसाद खरेल तत्कालिन अर्लाङ्गकोट गाउँपञ्चायका प्रधानपञ्च र ढाका उद्योग सञ्चालन गर्ने जिल्ला कै पहिलो उद्योगपति भएको स्थानियले बताएका छन ।
जसको आज त्यहाँका राजनैतिक दलका नेता कार्यकर्ता र समाज सेवीहरुले अन्त्यष्टि गर्न गई रहेका छन । विहिवार दिउँसो शव पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याईएको बेला नेपाली कांग्रेस पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ, उपसभापति विष्ण्ुप्रसाद वलाल, अन्य विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु समेत पुगेका थिए ।
स्वर्गिय खरेलले २०३० साल सम्म प्रधानपञ्च चलाएको र त्यस पछि जिल्ला मै पहिलो पटक ढाका उद्योग सञ्चालन गरेको र अर्लाङ्गकोटमा स्याउ खेतीको सुरुवात समेत गरेको अर्लाङ्गकोटका ६५ बर्षीय समाज सेवी खगकान्त खरेलले बताए । उहाँ निस्वार्थी समाज सेवा हुनुहुन्थ्यो खरेलले भने यसपाली तिहारको औसीका दिन अर्लाङ्गकोटमा उपभोक्ता भेला गरि गौशला निर्माण समिति गठन गरेको र उहाँलाई अध्यक्ष बनाईएको तर दुर्भाग्य त्यसको एक हप्ता नवित्दै जिप दुर्घटनामा परि गौशला निर्माण गर्ने उहाँको सपना अधुरै रहन गएको छ ।
खरेलका दुई छोरा चार छोरी रहेको र चितवन बसाई सराई गरे पछि खरेलको मन भने गाउँ मै रहने गरेको खगकान्त खरेलले स्मरण गरे ।
अर्लाङ्गकोटका अर्का पुराना समाज सेवी विश्वनाथा सापकोटाले स्वर्गिय खरेल निस्वाथी समाज सेवी रहेको बताए । हालको मुसिकोट नगरपालिका वडा नम्वर ९ अर्लाङ्गकोटका वडाध्यक्ष नरेशराज खरेलले उहाँ पुराना समाज सेवी खरेलको निधनले अर्लाङ्गकोटवासीलाई अपुरणीय क्षति पुगेको बताउँछन । वडाध्यक्ष खरेलका अनुसार रामप्रसाद प्रधानपञ्च हुनु अघि उनका पिता मोतिलाल खरेल पनि त्यहाँका प्रधानपञ्च थिए ।
छोरी पुर्याउन जा“दा आमाको मृत्यु
खरेल संगै रेसुङ्गानगरपालिका वडा नम्वर ३ बेहोरेगाउँकी ५८ बर्षीया मसुरी बिकको पनि ज्यान गएको छ । हिजो साढे १ बजेको समयमा तिहारमा आएकी छोरीलाई पुराउन हिडेकी थिईन मृतक मसुरी बिकका श्रीमान शंकर बिकले भने वामीटक्सार सम्म ज्वाँई गाडी लिएर लैजाँदै गर्दा दुर्घटनामा जाँदा उनको ज्यान गएछ ।
मसुर बिककी नन्दको घर पनि त्यतै थियो । भान्जा भान्जीलाई तिहारमा बनाएकोृ फिनी रोटी लगेर छोरी र नातिनी संग अर्लाङ्गकोटका ददल्का तर्फ जाँदै थिईन ज्वाँई ज्ञानबहादुर बिकले चलाएको जिपमा । दुर्घटनामा एकै परिवारका चार जना परे । मसुरी बिककी छोरी ३५ बर्षीय बिष्णु बिक , उनकी ८ बर्षीया छोरी सोनिया बिक र डाईभर रहेको उनका श्रीमान ज्ञानबहादुर गम्भीर घाईते भए पनि खतरामुक्त रहेको रेसुङ्गा नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष थम्मन केसीले जानकारी दिए ।
ड्राईभर निकै तिव्रगतिमा थिए
मैले डाईभर ज्ञानबहादु बिकलाई मदिराले निकै तिब्रगतिमा पिकअप जिप चलाएको देखेको थिए, मैले मात्र होईन अरुले समेत उनलाई गाडी तिब्रगतिमा गुडाएको देखेका थिए अर्लाङ्गकोटका पु्राना समाज सेवी गोपिकृष्ण खरेलले भने मदिरा सेवन गरेको हो कि भन्ने आशंका गरेका थियौ । तर उनका हजुर बुवा पर्ने रामबहादुर बिकले भने नाति ज्ञानबहादुर बिकले पाँच बर्ष अघि देखि मदिरा सेवन गर्न छाडेको बताए । उनले भने उ पाँच बर्षयता जाँड रक्सी पिउन छाडेको ब्यक्ति हो, मदिरा सेवन गरेको भन्ने कुरा झुटो हो ।
एक बर्ष भित्रमै श्रीमान र आमा गुमाउदा
स्वर्गिय मसरी बिकका ३ छोरा र दुई छोराहरु मध्ये माईली छोरी ३३ बर्षीया सिता बिकले श्रीमान राजु बिकको मृत्यु् भर्ई गु्माएको एक बर्ष पुगेको छैन । विरामी परेर मृत्यु भएका उनको वियोगको आँशु ओभाउन नपाउँदै हिजोको दुर्घटनामा आमा गुमाएकी सिता बिक र उनकी बहिनीहरुको जिल्ला अस्पताल परिसरमा रुवावासी गर्दै आमा प्रति विलौना गर्दै थिए ।
आठ महिनामा दुई जनप्रतिनीले ज्यान गु्माए
असुरक्षित सडकका कारण पछिल्लो आठ महिनामा बुधवार साँंझ अर्लाङ्गकोटका पुर्व प्रधानपञ्च खरेल सहित दुई जना पुराना जनप्रतिनिधीहरुले दुर्घटनामा परि ज्यान गु्माएका छन । २०७५ चैत्र ३० गते गुल्मीको नेटा च्याँनडाँडामा साविक गुल्मी क्षेत्र नम्वर ३ का पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीको ज्यान गएको थियो ।
त्यति बेला ह्वाङदीकी कौशिला थापा सहित ३ जनाले ज्यान गुमाएका थिए । नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले असुरक्षित सडकका कारण आठ महिना अघि पुर्व सांसद रुद्रमणी शर्मा भण्डारी सहित ३ जनाले ज्यान ग्ुमाएको र बुधवार साँझ डाईभरले मदिरा सेवनबाट ज्यान ग्ुमाएको सुनिन आएकोले सम्वन्धित निकाय संग आफ्ुहरुले आवाज उठाउँदै आएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्रसिंहखडकाले पछिल्लो दुर्घटनाको अनु्सन्धान भई रहेको बताए । जिल्ला ट्राफकि कार्यालयका प्रमुख सई प्रविण आचार्यको अनु्सार आर्थिक बर्ष २०७५ को श्रावण मशान्त देखि असार मशान्त सम्म विभिन्न २९ वटा सवारी साधान दुर्घटना हुँदा ११ जना पुरुष , ४जना महिला ४ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको थियो ।
यस आर्थिक बर्षको श्रावण देखि हाल सम्म टयाक्टर एक र जिप दुई वटा दुर्घटना हुँदा २ जना पुरुष र एक जना महिला सहित ३ जनाको ज्यान गएको छ । यस अवधीमा ट्राफिक प्रहरीले १ सय ४ वटा सवारी साधनलाई कार्वाही गर्दा कुल ९ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।