विदेशमा पनि ‘मारुनी’ प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘मारुनी’ अब विदेशमा पनि प्रदर्शन हुने भएको छ । नेपाल प्रदर्शन पछि फिल्म अन्य विभिन्न देशमा प्रदर्शनमा जान लागेको फिल्म निर्माता पुनम गौतमले जानकारी दिएकी छिन् ।
अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म यही नोभेम्बर ३० मा जापानको नागोया ३ सो, मा प्रदर्शन गरिने बताइउको छ । त्यस्तै आउँदो डिसेम्बर ७ मा ओसाका २ शो, र ८ मा टोकियोमा पनि फिल्म प्रदर्शन गरिने छ ।
चलचित्र प्रदर्शनका लागि निर्माता पूनमसँगै नायक पुष्प खड्का पनि जापान जाने बताइएको छ । जापान प्रदर्शनीको आयोजकमा शर्मिला डंगोल र विनोदकुमार सापकोटा छन् । जापान पछि, डिसेम्वरमा अष्ट्रेलिया र जनवरीमा अमेरिकामा फिल्म प्रदर्शन गर्ने तयारी रहेको निर्माता गौतमले बताइन् । उनका अनुसार फिल्म फेब्रुअरिमा लण्डनमा पनि फिल्म प्रदर्शन गर्ने तयारी रहको छ ।
(ट्रान्सजेन्डर) विपरित लिङ्गीको कथालाई प्रस्तुत गरेको फिल्ममा पुष्प र साम्राज्ञीका साथमा रेविका गुरुङ लगायतको रहेको छ ।