प्रधानमन्त्रीको सचिवालयमा केही नयाँ, केही पुरानै

प्रेस सल्लाकारमा सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी सचिवालय पुनर्गठन गरेका छनर । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापालाई नियुक्त गरेको छ । यसैगरी प्रधानमन्त्री ओलीको आर्थिक मामिला सल्लाहकारमा पूर्वसचिव लालशंकर घिमिरे नियुक्त भएका छन । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलियालाई नियुक्ति गर्ने निर्णय गरेको होर ।
यसअघि प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका विष्णु रिमाललाई सोहि पदमा ल्याइएको छ भने परराष्ट्र सल्लाहकार राजन भट्टराई पनि पुन दोहोरिएका छन । प्रधानमन्त्री ओलीको सचिवालयमा रहेकाहरुले केही दिनअघि सामुहिक राजीनामा दिएका थिएर । राजीनामा दिएका मध्ये प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल, सचिवालयमा कार्यरत घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत भएसँगै सचिवालयबाट हटेका छन ।
नवनियुक्त प्रेस सल्लाहाकार थापालाई राज्यमन्त्री सरहको सुबिधा दिइएको छ भने घिमिरेलाई सहायकमन्त्री सरहको सुबिधा उपलव्ध गराइएको छ । यसैगरी थपलियालाई विशिष्ट श्रेणीको सुविधा हुने गरी नियुक्त गरिएको छर । आर्थिक मामिला सल्लाहकारमा नियुक्त घिमिरेले केही समयअघि मात्र राजस्व सचिवबाट अवकाश पाएका थिएर । उनी वैदेशिक ऋण सहायतालगायतका विषयमा दख्खल राख्छनर । विकास विज्ञका रूपमा नियुक्त थपलियाले ओलीको पहिलो कार्यकालमा पनि त्यही पदमा रहेर काम गरेका थिएर ।