प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलासिस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हिजो शनिबार फेरि डायलासिस गरिएको छ । प्रधानमन्त्री ओली शनिबार विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएको अस्पतालद्धारा जारी बिज्ञप्तिमा जनइएको छ ।
प्रधनमन्त्रीको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्सययता नियमित औषधि खाइरहेका उनको मृर्गौलामा पछिल्लो केही महिनायता समस्या देखिएको छ ।
प्रधानमन्त्री ओलीले गएको साउन र भदौमा सिंगापुर गएर उपचार गराए । सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।
मिर्गौलाले राम्रोसँग काम नगरेपछि १३ कात्तिकमा प्रधानमन्त्रीको पहिलो पटक डायलासिस गरिएको थियो । लगतै भोलिपल्ट दोस्रो डायलासिस ग्राण्डीमा नै गरिएको थियो ।