प्लाष्टिक कपलाई बाई–बाई गर्ने यति पहिलो एयरलाइन्स

काठमाडौं । यती एअरलाइन्सले आफ्ना सबै विमानहरुमा प्लाष्टिकको कप विस्थापित गरेको छ । यात्रुलाई पानी तथा पेय पदार्थ दिन प्रयोग भइरहेको प्लाष्टिक कपको सट्टा पेपर (कागज) कप प्रयोगमा ल्याएको हो ।
पेपर कपको उद्घाटन कार्यक्रममा सहभागी हुँदै युनएनडिपीकी आवासीय प्रतिनिधि आइसियानी लेबेले यती एअरलाइन्सको यो प्रयास अत्यन्तै सकारात्मक रहेको बताउँदै प्लाष्टिकको प्रयोगमा कमी ल्याउन सबैको संयुक्त प्र्रयास हुनुपर्नेमा जोड दिइन् ।
यती एअरलाइन्स नेपालमा कार्वन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो र एकमात्र हवाई कम्पनी भएकोले विमानमा प्रयोग भइरहेको प्लाष्टिक कपलाई विस्थापित गरेको एअरलाइन्सका प्रवक्ता भिमराज राईले जानकारी दिएका छन् । प्लाष्टिक कप विस्थापन कार्य कार्वन न्युट्रल अभियानमा थप एक कदम रहेको बताउँदै प्लाष्टिकको सट्टा पेपर कपको प्रयोगले वातावरण सफा हुने र कार्वन उत्सर्जनमा कमी आउने राईको तर्क छ ।
पेपर कपसँगै यती एअरलाइन्सले थप २ वटा विद्युतीय कार प्रयोगमा ल्याएको छ । कार्वन न्युट्रलको अभियानमा यती एयरलाइन्सको यो थप प्रयास हो । एअरपोर्टमा यात्रुलाई विमानसम्म ल्याउन÷पु¥याउनका लागि विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ । साथै प्रयोगमा ल्याइएका जहाज तथा सवारी साधनबाट भएको उत्सर्जित कार्वनको राष्ट्र संघबाट सम्बन्धन प्राप्त संस्थाबाट अडिट गराई क्षतिपूर्ति पनि गर्दै आइरहेको छ ।
यतीले सहस्राब्दी दीगो विकास लक्ष्य ९क्म्न् न्यबकि० पूरा गर्न संयुक्त राष्ट्रसंघ विकास नियोग (युएनडिपि) सँग सहकार्य गरिरहेको छ । दीगो विकास लक्ष्यका १७ वटा बुँदामध्ये १३ नम्बर बुँदाक्लाइमेट एक्सन अन्तर्गत कार्वन न्युट्रल अभियान अगाडि सार्दै आएको छ । सोहीअन्तर्गत यतीले बढी इन्धन खपत गर्ने विमानलाई विस्थापित गरी कम इन्धनमा चल्ने एटिआर विमान खरिद गरी सेवा दिँदै आइरहेको प्रवक्ता राईले बताएका छन् । यसका साथै बढी इन्धन खपत गर्ने सबै विमानहरुलाई विस्तारै विस्थापित गर्दै लैजाने योजना रहेको पनि यति एयरलाइन्सले जनाएको छ ।