अहिलेसम्म प्रेमी नभएको ऋचाको दावी

फिल्म ‘लभ यु हमेसा’बाट हिरोइन्मा डेव्यु गरेकी ऋचा थापा म्युजिक भिडियोबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन् । करिब एक दर्जन हाराहारीको म्युजिक भिडियो अभिनय गरेकी ऋचाले केही पहिले रिलिज फिल्म ‘लोग्ने मानिस’मा पनि सानोतिनो भूमिका निर्वाह गरेकी थिइन् । कलाकारिताप्रतिको सानैदेखिको रुचिका कारण अभिनय रोजेको बताउने दोलखा चरिकोटकी स्थायी बाँसिन्दा ऋचा हाल परिवारसँग कीर्तिपुर बस्दै आएकी छन् ।
‘लभ यु हमेसा’ प्रेमकथामा बनेको फिल्म भएकाले पनि आफ्नो रोजाइमा परेको उनी बताउँछिन् । अहिलेसम्म कसैको प्रेममा नपरेको दावी गर्ने ऋचाले चिनजानको मानिसको माध्यमबाट ‘विश्वनाथ काका’ भन्ने फिल्ममा जोडिएको बताएकी छिन् । आधा सुटिङ सकिएपछि फिल्म अड्किएको र त्यही समय ‘लभ यु हमेसा’ अफर आएपछि त्यसमा अभियन गरेको उनी बताउँछिन् ।


अभिनयको हिसाबले नभए पनि रिलिजको हिसाब ‘लभ यु हमेसा’ फिल्म पहिलो भएको बताउँदै फिल्म रिलिज हुँदा खुसीको सीमै नभएको उनले बताएकी छिन् । यो फिल्ममा गाउँले केटीको भूमिका निर्वाह गरेको उनले बताइन् ।
महिला भएपछि सौन्दर्यमा इन्ट्रेस नहुने भन्ने हुँदैन, तर आफूमा त्यति धेरै मोह नभएको उनी बताउँछिन् । ‘चलचित्र क्षेत्रमा भएकाले फेसनको फलो गर्नैपर्छ ।’ भन्दै उनी आफूलाई राम्री, हट र सेक्सी भने सारीले देखाउँने बताउँछिन् ।
फुर्सदको समयमा घरपरिवारलाई काम सघाउँने र बाहिरको कार्यक्रममा सहभागी हुने, डान्स प्राक्टिक्स गर्ने गरेको बताउने उनी प्रेमका अफर धेरै आउने गरे पनि प्रेमको चक्करमा नलागेको बताउँछिन् ।
‘रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?’ प्रश्नमा उनि भन्छिन् “अहिले जति चलेका हिरोहरु छन् । ती सबैसँग फिल्ममा काम गर्ने इच्छा छ । तर धेरै मनपर्ने हिरो भनेको अनुपविक्रम शाही नै हो । डेटको अफर दियो भने उहाँसँग नै जान चाहन्छु ।”