‘च च हुई” प्रदर्शन

काठमाडौं । चलचित्र ‘च च हुई’ शुक्रबारबाट प्रर्दशनमा आएको छ । एकल प्रदर्शनको अवसर समेत पाएको यो चलचित्रले कत्तिको सफलता प्राप्त गर्छ त्यो भने केही दिनमा थाहा हुनेछ ।
साम्तेन भुटियको निर्देशन रहेको ‘च च हुई’ मा आर्यन सिक्देल, मिरुना मगर, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । रोमान्टिक कमेडी जनरमा तयार भएको यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घेले यसैमार्फत् फिल्म निर्माणमा होमिएका हुन् ।
कमेडीमा प्रेमकथा समेत मिसाइएको फिल्ममा लभरब्वाइका रुपमा रुचाइएका अभिनेता आर्यनले कमेडी पनि गरेको बताइएको छ । सुजन दाहालको लेखन, राजनराज शिवाकोटीको संगीत, शिशिर खत्रीको कोरियोग्राफी, किशोर नेपालको कला निर्देशन र सुसन प्रजापतीको छायाँकन फिल्ममा रहेको छ ।