साग खेलकुदलाई सफल पारौं

सम्पादकीय

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महाकुम्भ मेला शुरु भएको छ । २०४१ सालमा पहिलो पटक नेपालबाट सागको शुरुवात भएको थियो । त्यपछि दक्षिण एसियाली मुलुकहरु बङलादेशमा दाश्रो प्रतियोगिता भएको थियो । तेश्रो दक्षिण एशियाली खेलकुद प्रतियोगिता छिमेकी मुलुक भारतको कतकत्तामा भएको थियो भने चौथो प्रतियोगिता पाकिस्तानको इस्लामाबादमा भएको थियो । त्यपछिको पाँचौ खेलकुद प्रतियोगिता श्रीलंकाको कोलम्वोमा भएको थियो । छैठो साग प्रतियोगिता पुन बंगलादेशको ढाकामा भएको थियो । यसैगरी सातौ प्रतियोगिता भारतको मद्रासमा भएको थियो । आठौं प्रतियागिता नेपालल नै आयोजना गर्ने मौका पाएको थियो । नेपालले पहिलो, आठौं र यस पटक १३ औं गरी तीनपटक दक्षिण एशियाली खेलकुद प्रतियागिता गर्ने अवसर प्राप्त भएको छ । नवौं साफ गेम पाकिस्तानको इस्लामाबादमा भएको थियो भने दशौं प्रतियोगिता श्रीलंका भएको थिायो । यसैगरी ११ औं साफ गेम बंगलादेश र १२ साग प्रतियोगिता छिमेकी मुलुक भारतको गुवाटी र सिलोङमा भएको थियो ।
२० बर्षपछि नेपालले आफनो घरेलु मैदानमा पुन साफ गेम गर्ने अवसर पाएको छ । हाल हुन लागेको साग प्रतियोगिताका खेलहरु काठमाडौंको दशरथ रङगशाला, ललितपुरको सात दोवाटो, कास्कीको पोखरा र धनुषाको जनकपुमा प्रतियोगिता हुदैंछ । खेल प्रतियोगिताको उदघाटनको लागि त्रिपुरेश्वरमा रहेको दशरथ रङशालाको मर्मत संभार गरेर दुलही झै सिङगारिएको छ । ठुला ठुला बत्तिका उज्यालोको कारण त्रिपुरेश्वर एरियाको स्वरुप नै अहिले फेरिएको छ । साफ गेम प्रतियोगिताको उदघाटन सम्माननीय राष्ट्रपति बिद्यादेबि भण्डारीले गर्नुहुनेछ ।
१३ औं साग प्रतियोगितामा नेपालले पदक को लागि ठुलै अपेक्षा गरको छ । घरेलु मैदानमा हुन लागेको प्रतियोगिता भउकोले पनि यसमा नेपालले बढि अपेक्षा राख्नु नराम्रो पनि होईन । नेपालले खेलकुद क्षेत्रलाई धैरै महत्व नदिएको भन्दै खेलकर्मीहरुले गुनासो पनि गर्दै आइरहेका छन । सरकारले पछिल्लो अवस्थामा खेलजगतको लागि रङशालाहरु बनाउन पहल गर्ने देखि खेल मैदान र क्रिकेट मैदान बनाउने क्रमलाई प्राथमिकता दिएको छ । जे होस खेलजगत र खेलाडी हाम्रा लागि मुलुकको इज्जत बढाउने रत्न हुन । उनीहरुको रुची र माग अनुसारको व्यवस्थापन गर्नुृ सरकारको कर्तव्य हो । आजदेखि हुन लागेको साग प्रतियोगिताले नेपालले मनाउन लागेको भ्रमण बर्षलाई पनि प्रचारप्रसारमा पक्कै पनि सहयोग पु¥याउन सक्छ । यो कुरालाई मध्यनजर गर्दै सरकारले दक्षिण एशियाबाट भाग लिएर आएका खेलाडीहरुक लागि उचित आतिथ्यता दिनसक्नुपर्छ ।