क्रान्तिकारी धार छाडेर चरम अवसरवादी
आन्तरिक औपनिवेशिक शोषणबाट मुक्ति पाउन, समान अधिकार प्राप्त गर्न तथा समग्र मधेश एक प्रदेशको अवधारणाका साथ स्वतन्त्र रूपले उठेको मधेश आन्दोलन शदियौंदेखि नेपाली राजनीतिमा कायम रहेको रंगभेदी नीतिको विरूद्ध इतिहास रहेको छ । अढाई सय वर्षपछि मधेशमा आएको राजनीतिक चेतनाले मधेशको स्वाभिमानलाई जगायो ।
लामो समयदेखि नेपाली राजनीतिको गर्भमा चलिरहेको खस–मंगोलियनको अन्तरसंघर्ष थियो नै, मधेशको अधिकार आन्दोलनले मंगोलियन संघर्षलाई थप उर्जा प्रदान गयो । अधिकारवादी आन्दोलनको उदयले जहाँ शासक वर्गलाई सचेत बनायो, त्यही अधिकारवादी आन्दोलनबीच भ्रातृत्वको सम्बन्ध विकसित भयो । शतियौंदेखि गुलामीको जंजीरमा बाँधिएको मधेशले स्वाभिमानको उज्यालो हेर्न पायो । मधेश आन्दोलनले जातीभेद, ऊँचनीच, धर्मभेद, भाषाभेद आदि सबै सामाजिक बिषमतालाई हटाएर समग्र मधेशको एकतालाई एकसुत्रमा बाँधेको थियो । शहीदहरूको रगतबाट सिचिँत यो एकता एक अस्त्रको रूपमा उदाएकोले सम्पूर्ण मधेश उत्साहित, उर्जावान र शक्तिशाली बनेको थियो । शहादतको सुची पनि लामो हुँदै जाँदा शासकवर्गका लागि पनि घुँडा टेक्नुको विकल्प थिएन ।
मधेशी जनअधिकार फोरमको नेतृत्वमा उठेको मधेश आन्दोलनलाई सघाउन भनेर अनेक दलहरूको उदय भयो मधेश आन्दोलनको विशालताले मधेशका दलहरूको महत्वकांक्षा उत्कर्षमा पु¥यायो । दर्जनौं मधेशका नबोद्धित राजनीतिक दलहरू पारस्पारिक अस्वस्थ्य प्रतिस्पर्धामा उत्रे । संमग्र मधेशको एकता (जो शासकका लागि चुनौती थियो) जाति बाहुल्यताको आधारमा जाती पार्टीको रूपमा देखा पर्न थाल्यो । श्रेत्रीय पार्टीको रूपमा उदाएका मधेशका राजनीतिक दलहरू जाती पार्टीको सीमित घेरामा साघुँरिएकाले संसदमा जनप्रतिनिधीहरू न्युन अवस्थामा रहँदा सबै भूमिकाविहिन हुन पुगे ।
मधेशी दलहरूमा देखिएको उच्च महत्वकांक्षा, हक अधिकारप्राप्तिका लागि नभएर व्यक्तिगत स्वार्थमा आधारित भएकाले शासकवर्गले यसबाट निकै फाईदा लुटे । एकअर्कालाई लडाएर, संसदमा कमजोर बनाएर उपस्थित गराउँदा पनि राज्य षड्यन्त्रलाई यिनले बुझ्न सकेनन् र शासकवर्गलाई खुसी पारेर व्यक्तिगत फाईदा लिने परम्परागत चरित्रमा मधेशका राजनीतिक फर्के । शासकवर्गको गुलामीबाहेक फरक आचरण कुनै दलको देखिएन ।
मधेशका वीर सपुतहरूले मधेशमा राज्यको दोहन, शोषणको विरूद्ध मधेशीहरूको स्वाभिमान जगाएर आन्दोलनमा सहभागी गराएपनि सयौं मधेशी वीर सपुतहरूको बलिदान बिर्सन यी दलहरूलाई समय लागेन । मधेशमा परम्परागत रूपमा कायम रहेको गुलामी संस्कारलाई नै सबैले राजनीतिक आधार बनाए । मधेश आन्दोलनले शासकवर्गको मुटुमा रोपेको काँडा मधेशका राजनीतिक दलहरूले झिकी दिएपछि राज्यलाई सञ्चो भयो । मधेश आन्दोलनले दिएको एक एक धाबको बदला लिन राज्य अग्रसर भयो ।
मधेश आन्दोलन पश्चात् शासक जहाँ मधेशसँग प्रतिशोध लिन सानो ठूलो षड्यन्त्र गरिरहेको थियो, मधेशी जनअधिकार फोरमको अध्यक्ष उपेन्द्र यादव आफुलाई कृष्णापछिको दोस्रो अवतारी पुरूषको रूपमा प्रचार गरिरहेका थिए । शासकवर्गको षड्यन्त्रलाई बेवास्ता गर्दै यदुवंशी शौर्यगाथामा रमाएका उपेन्द्र यादव जस्तो राजेन्द्र महतो र महन्थ ठाकुर पनि जातीवादी आन्दन लिई रहेका थिए । यसरी समग्र मधेशको एकता क्रमश टुट्दै गयो र मधेशमाथिको पकड बिस्तारै हट्दै गयो । आफ्नो जातीय बाहुल्यतामा सीमित रहेका यी पार्टीहरू विगतका दिनमा बडो नाटकीय ढंगबाट पार्टी एकता गरेर जातीय राजनीतिको कलंकलाई धुन खोजेपनि परम्परागत चरित्रका कारण सफल हुन सकिरहेका छैनन् ।
गुलामी संस्कारबाट पे्ररित व्यक्तिगत स्वार्थका कारण दलका अगुवाहरू विगतका दिन टुट्दै जुट्दै अहिले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी दुई दल मधेश राजनीतिमा देखिएका छन् । यी दुवै दलको एकीकरण हुने भन्ने सम्बन्धनमा कसले के स्वार्थका लागि प्रचार गरेका छन् थाहा छैन । तर, राजपाका नेताहरू भने एकता हुने कुराबाट अनभिज्ञ रहेको बताउँदै आएका छन् । ६ वटा राजनीतिक दलहरूले राजपा पार्टीको बहस चौतारीमा यतिका दिनसम्म सहकार्य, बहस गरेपनि राजपा बन्न नसक्दा यी ६ वटै पार्टीको दुर्भाग्य भने उजागर हुन थालेको छ । उपेन्द्र यादवले पनि ‘राजपा’ ६ वटा शेयर होल्डको संस्था भनेर गिज्याउन पछि परेन ।
व्यक्तिगत स्वार्थ, हढी चरित्र, जातीय भावना, भ्रष्ट आचरणका कारण मधेशलाई अधिकार सम्पन्न गराउने क्रान्तिकारी धारबाट विमुख भएकाले मधेशका यही दलहरूका कारण मधेशको समग्र एकता टुक्रियो । ८ जिल्लामा सीमित मधेशको सरकार बनाएर रमाएका अवसरवादीहरू संमग्र मधेशको बहस टुंगिएको शर्मनाक जवाफ दिन्छन् । अहिलेको राजनीतिक संरचनालाई राजनीतिक प्रस्थान विन्दु बनाएको शासकवर्गले यिनलाई पछाडिका कुरा गर्दा कति झर्पाछन् सर्वविदित नै छ । के यो अवसरवादीहरूबाट मधेशले खोजेको अधिकार बहाल हुन सम्भव छ ?
समाजवादी पार्टीलाई वैकल्पिक शक्ति बनाउने नारद मोह भएको छ । पार्टीको राष्ट्रिय चरित्र बनाउने उपेन्द्र यादवको ‘हनुमान फुद’ को विचार धरातलीय यथार्थसँग विल्कुल मेल खाँदैन । उसको राजनीतिक धरातल मधेश हो । बाबुराम भट्टराईसँग एकीकरण हुँदैमा राष्ट्रिय पार्टी बन्दैन भन्ने विगतको चुनावमा उपेन्द्र यादवले प्रायोगिक ज्ञान पाईसकेको छ । पहाड र मधेशबीच चर्को अन्तरविरोध रहेको अवस्थामा उपेन्द्र यादवको यो सपना कहिल्यै पुरा नहुने कुरा सूर्य जस्तै छर्लंग छ । राजपाको अन्तरसंघर्षले राजपाको अन्त हुने संकेत दिई रहेको छ ।
मधेशका लागि संघीयता प्रत्युत्पादक बनेको छ । मधेशलाई ६ टुक्रामा बाँडेर पाएको संघीयताको कुनै अर्थ छैन । राज्यसत्तामा खसवर्गीय शासकहरूको वर्चस्व कायम रहेसम्म पाएको लोकतन्त्र, संघीयता वा गणतन्त्रले मधेशलाई पीडा दिई रहन्छ । यसबाट मुक्तिको कुनै आश छैन । यस कुराबाट मधेशका यी अवसरवादी दलहरू सहमत हुन सक्दैन । क्रान्तिकारी धार छाडेर चरम अवसरवादी धारमा आएका समाजवादी वा राजपा व्यक्तिगत वा दलगत स्वार्थका लागि क्रान्तिकारी आवाज त उठाउँछन् तर संघर्षको धारमा आउन सक्दैनन् किनकी उनीहरू राज्यसत्ताका अनेकन बन्धनमा बाँधिएका छन् । (मधेश दर्पण फिचर सेवा)