एनआईसी एसिया क्यापिटल पहिलो आईएसओ प्रमाणित संस्था
काठमाडौँ । एनआईसी एसिया क्यापिटल लिमिटेड अन्तर्राष्ट्रिय मान्यताप्राप्त आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गर्ने पहिलो मर्चेण्ट बैंकर बन्न सफल भएको छ । एनआईसी एसिया क्यापिटल लिमिटेडसँग आबद्ध ग्राहकहरूलाई सीघ्र, सुविधाजनक, उच्चतम गुणस्तर तथा क्यापिटलले प्रदान गर्ने सेवाहरूको विश्वसनीयता उच्च रहेको पुुष्टि गर्दछ ।
प्रमाणपत्रको प्राप्तिसँगै क्यापिटलले गुणस्तरीय सेवाहरू प्रदान गर्नुको साथै सेवामा निरन्तर समयसापेक्ष सुधार तथा विकास गर्दै प्राप्त मान्यतालाई निरन्तरता दिई सेवाग्राहीमुखी छिटो छरितो र उच्च कोटीको सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ ।
छिटो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिकरूपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेण्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गतको सामूहिक लगानीकोष योजना ‘एनआईसी एसिया ग्रोथ फण्ड’ तथा ‘एनआईसी एसिया ब्यालेन्सड फण्ड’सञ्चालन गरिरहेको छ ।