शान्तिदीपमा बाल क्लबको पुनर्गठन

चितवन । भरतपुर १६ शान्तिचोकमा शान्तिदीप बाल क्लबको पुनर्गठन भएको छ । यहाँस्थित शान्तिदीप एकता टोल विकास संस्था अन्तर्गत गठित उक्त क्लबको नवनिर्वाचित अध्यक्षमा स्वप्निल अधिकारी चुनिएका छन् । यसैगरी उपाध्यक्षमा दृष्टि सापकोटा, सचिवमा सुशील रोका, कोषाध्यक्षमा रिजन भट्टराई र सहसचिवमा समीर सापकोटा छानिएका छन् । श्रीकृष्ण दवाडी, पर्वत हमाल, अमिसा अधिकारी र रुविन वि.क.सदस्य भएका छन् । टोल विकास संस्थाका अध्यक्ष मिनबहादुर लामाको सभापतित्वमा सम्पन्न भेलाले क्लबको पुनर्गठन गरेको संस्थाका सचिव बाबुराम भट्टराईले बताउनु भयो । संस्थाका सहसचिव प्रभा केसीका अनुसार टोलका बालबालिकाको हकहित र क्षमता अभिबृद्धिका लागि कोष खडा गरी विभिन्न कार्यक्रम आयोजना हुनेछन् ।