विपन्न परिवारलाई खाद्यान्न सहयोग
बुटवल । तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडेको बताइएको छ ।
लकडाउनका कारण छाक टार्न समस्या भएएकाहरुलाई टोल विकास संस्थाहरुको सिफारिसमा नगरपालिकाले शुक्रबारदेखि खाद्यान्न बाँड्न सुरु गरेको बताइएको छ ।
शुक्रबार नगरपालिकाले वडा नम्बर ४ र ५ का करिव एक सय विपन्न परिवारलाई १० केजी चामल, दुई केजी दाल र एक केजी नुनका दरले वितरण गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताएका छन् ।
‘नगरका १७ वटै वडामा गरी करिब आठ सय अति विपन्न परिवार रहेको अनुमान गरी खाद्यान्न व्यवस्था भएपछि वितरण गर्न थालिएको नगर प्रमुख घिमिरेले बताएका छन् ।
तिलोत्तमाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योगरधन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ ।