पैदलयात्री मजदूरलाई खाना र यातायात व्यवस्था
बुटवल । कोभिड–१९ को संक्रमण रोक्न मुलुकमा जारी तेस्रो
चरणको लकडाउनका बेला गन्तवयमा पुग्न पैदल यात्रा गर्दै बुटवल आएका मजदूरको उद्धार गरिएको
छ । कर्णाली र सुदूर पश्चिमका विभिन्न जिल्लाका १२०मजदूर ११ दिन लगाएर पैदलै हिंडी
सोमबार राति बुटवलसम्म आएका छन् ।
उनीहरुले नियमित मजदूरी
गर्दै आएको ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि
सामूहिकरुपमा घर जान हिँड्दा यहाँ आइपुगेका थिए । सोमबार राति करीब ९ बजे बुटवल आइपुगेका
मजदूरलाई बुटवल उपमहानगरपालिकाले निःशुल्क खानाको व्यवस्था गरेको थियो । उनीहरुको राति
नै स्वास्थ्य जाँच गरेर बसमा गन्तव्यसम्म पठाउने व्यवस्था मिलाइएको थियो ।
सोलुखुम्बुदेखि दोलखा,
स्याङ्जा हुँदै उनीहरु बुटवलसम्म आइपुगेको राति सूचना पाएपछि उपमहानगरपालिकाका प्रमुख
शिवराज सुवेदीले तत्कालै उनीहरु पुगेका स्थान वडा नं १ वडाध्यक्ष महेन्द्र लिगलसँग
सम्पर्क गरेर खानाको व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । बुटवल–१ स्थित लायन्स
आँखा अस्पताल परिसरमा उनीहरुलाई खाना खुवाउने प्रबन्ध मिलाइएको थियो । त्यहीँ नै उनीहरुको
स्वास्थ्य जाँच गरेर तीन बसमा चढाएर पठाइएको थियो ।
पैदल आएका मजदूर दाङ, कैलाली,
सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका हुन् । उनीहरु सोलुखुम्बु, काठमाडौँ, काभ्रेपलाञ्चोक
र नारायणघाटमा विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएको बताएका छन् । उनीहरु पैदल यात्राका
क्रममा बुटवलमा भेटिएका थिए ।
पैदलयात्री सबैलाई खाना
खुवाएर, स्वास्थ्य जाँच गरेपछि घरसम्म पु¥याउन यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिका
प्रमुख सुवेदीले बताउनुभयो । लामो समयदेखि पैदल हिँडेको, कैयौंँ दिनसम्म खाना समेत
खान नपाएको र बेखर्ची जस्तै बनेर हिँडेको देखेपछि खाना तथा यातायातको व्यवस्था मिलाइएको
वडाध्यक्ष लिगलले बताउनुभयो ।
बुटवलमा गरिएको परोपकारले
घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको श्रमिक हरिबहादुर चन्दले दिनुभयो । बर्दिया
घर भएका उहाँ साथीहरुसंगै सोलुखुम्बुबाट हिंडेर आउनुभएका थियो । काठमाडौँबाट हिँडेर
आउनुभएका कञ्चनपुरका छोटेलाल चौधरी र रामकिशन राना तथा बैतडीका अमबहादुर अवस्थीले पनि
बुटवलमा भएको व्यवस्थाले अहिलेसम्मको पीडा भुलेको बताउनुभयो ।
मजदूरलाई बुटवलमा खाना
खुवाएर गन्तव्यसम्मै पु¥याउने ब्यवस्था गरेर नगरपालिकाले राम्रो काम गरेको बटौली संरक्षण
तथा सम्बद्र्धन समितिका संयोजक रवीन्द्रगोपाल लाकौलले बताउनुभयो ।
(रासस)