कोरोनाबाट विश्वभर २० लाख संक्रमित, १ लाख २६ हजारको मृत्यु
जेनेभा । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट
बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स
विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित
र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।
अमेरिकामा ६ लाख १४ हजार मानिस कोरोना
संक्रमित भएका छन् भने २६ हजारभन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा
दुई हजार ४०० जनाको मृत्यु भएको थियो ।
दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन
रहेका छन् । इटालीमा २१ हजारको ज्यान गएको छ भने एक लाख ६२ हजार संक्रमित छन् । स्पेनमा
भने १८ हजार २२५ जनाको मृत्यु भएको छ भने एक लाख ७४ हजार संक्रमित भएका छन् ।
कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक
फ्रान्समा १५ हजार ७२९ जना र बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भएको छ । बेल्जियममा
४ हजार १५७ जना, जर्मनीमा ३ हजार ४९५ जना, नेदरल्यान्ड्समा २ हजार ९४५ जना, स्वीट्जरल्यान्डमा
एक हजार १७४ जना, स्वीडेनमा एक हजार ३३ जना र आयरल्यान्डमा ४०६ जनाको मृत्यु भएको छ
।
संयुक्तराज्य अमेरिकामा संक्रमित हुने
र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको
छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम
गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ ।
परिस्थिति जटिल बनेको भए पनि मानिसको
आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरु अघि बढाउनु भएको छ, तर
राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ ।
कोरोना संक्रमणको पछिल्लो विवरण
क्र.सं. | देश | कूल संक्रमित | निको भएका | कूल मृत्यु |
विश्वभर | २०,००,२४३ | ४,८४,७४८ | १,२६,७५८ | |
१. | संयुक्तराज्य अमेरिका | ६,१४,२४६ | ३८,८२० | २६,०६४ |
२. | इटाली | १,६२,४८८ | ३७,१३० | २१,०६७ |
३. | स्पेन | १,७४,०६० | ६७,५०४ | १८,२५५ |
४. | फ्रान्स | १,४३,३०३ | २८,८०५ | १५,७२९ |
५. | बेलायत | ९३,८७३ | – | १२,१०७ |
६. | इरान | ७४,८७७ | ४८,१२९ | ४,६८३ |
७. | बेल्जियम | ३१,११९ | ६,८६८ | ४,१५७ |
८. | जर्मनी | १,३२,२१० | ७२,६०० | ३,४९५ |
९. | चीन | ८२,२९५ | ७७,८१६ | ३,३४२ |
१०. | नेदरल्यान्ड्स | २७,४१९ | २५० | २,९४५ |
दक्षिण एसिया
१. | भारत | ११,५५५ | १,३६२ | ३९६ |
२. | पाकिस्तान | ५,९८८ | १,४४६ | १०७ |
३. | बंगलादेश | १,०१२ | ४२ | ४६ |
४. | अफगानिस्तान | ७१४ | ४० | २३ |
५. | श्रीलंका | २३३ | ६१ | ७ |
६. | माल्दिभ्स | २१ | १६ | – |
७. | नेपाल १६ | १ | – | |
८. | भूटान | ५ | २ | – |
(रासस/एपी/एएफपी)