लगनखेलमा निःशुल्क खाना


सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी गरेपछि मजदुरहरुको दैनिक काम रोकिएको छ ।
दैनिक काम गरेर गुजारा चलाउँदै आएका मजदुरहरु कामविहीन भएपछि विचल्लीमा परेका छन् । त्यस्ता कामदारलाई लगनखेलमा लगनखेल समाजले निशुल्क खानाको व्यवस्था गरेको छ । त्यस वरपरका सयौ मजदुरहरु त्यहाँ आएर खाना खाने गरेका छन् ।
मजदुरहरुले स्थानीय तहले ३ किलो चामल दिए पनि त्यसले नपुगेको गुनासो गरेका छन् ।
लगनखेलमा रहेको लगनखेल समाजले गत चैत १३ गतेदेखि दैनिक एक छाक निशुल्क खाना खुवाउँदै आएपछि त्यस क्षेत्रका मजदुरहरुले खुशी व्यक्त गरेका छन् ।
त्यहाँ दैनिक ७० जना हाराहारीलाई खाना खुवाइरहेको बताएका छन् ।
लगनखेल समाजमा ३ सय सदस्य रहेको र सदस्यहरुबाट ५ सय १ हजार रुपैयाँ उठाएर खाने कुरा कुराको व्यवस्थापन गरेको उनले बताएका छन् ।