कृषि उपज संकलन् गर्दै कृषि ज्ञान केन्द्र
कृषि एम्बुलेन्स सञ्चालन
गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु संकलन् तथा विक्रिवितरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको छ ।
लक डाउनका कारण कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु विक्रिवितरण गर्न नसकिरहेको अवस्थामा उनीहरुको खेतबारीमै पुगी कृषि उपज संकलन्का लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराम घिमिरले जानकारी दिए ।
कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु संकलन्का लागि ३ वटा गाडीलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरिएको छ । जसमा कृषि ज्ञान केन्द्र गुल्मीको एउटा गाठी, मैत्रि सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिकाको एउटा गाडी र कृषि सहकारी संस्था लिमिटेड सत्यवती ४ लिम्घाको एउटा गाडीलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरिएको प्रमुख घिमिरेले बताए ।
कृषि उपज संकलन्का लागि कृषकहरुले कृषि ज्ञान केन्द्रलाई सम्पर्क गर्नुपर्छ । उक्त कृषि एम्बुलेन्स कृषकहरुको खेतबारीमै पुगी कृषि उपज संकलन् गर्ने घिमिरेले उल्लेख गरे । त्यस समयमा कृषकहरुको ढुवानी खर्च नलाग्ने तथा कृषि ज्ञान केन्द्रले ढुवानी खर्च बेर्होने छ ।
जिल्लामै उत्पादिक तरकारी बाहिरबाट आउने भन्दा बढी गुणस्तरीय हुने घिमिरेले दाबी गरे । लक डाउनको समयमा कृषकहरुलाई राहत पु¥र्याउन तथा जिल्लाका कृषकहरुलाई प्रोत्साहनका लागि समेत सो कार्यको थालनि गरिएको प्रमुख घिमिरेले बताए ।
जिल्लामा रहेका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु संकलन् गरी सदरमुकाम तम्घासमा बिक्रि वितरण गरिने कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरि प्रसाद आर्चायले जानकारी दिए ।
कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु कृषि एम्बुलेन्स मार्फत संकलन गरी कृषि एम्बुलेन्स मार्फत नै सदरमुकाम तम्घासका विभिन्न स्थानमा पुगी विक्रिवितरण गरिएको आर्चायले बताए ।
जसअन्र्तगत आइतबार जिल्लाको सत्यवती गाउँपालिकामा कृषकहरुले उत्पादन गरका १० क्विन्टल बन्दागोपी ल्याइ विक्रि वितरण शुरु गरिएको थियो ।
केही दिन अघि पनि इश्मा गाउँपालिकामा कृषकहरुले उत्पादन गरेका २ क्विन्टल बन्दा तथा ३ क्विन्टल फुलगोपी कृषि एम्बुलेन्सको प्रयोग गरी सदरमुकाम तम्घासमा विक्रिवितरण गरिएको बताए । बन्दा गोपी प्रतिकिलो २० रुपैँया तथा फुलगोपी प्रतिकिलो ४० रुपँैयाका दरले विक्रि वितरण भइरहेको समेत आर्चायले जानकारी दिए ।