लकडाउन जेठ ५ सम्म लम्व्याउने मन्त्रिपरिषद्को निर्णय
काठमााडौं । सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ बाट बढाएर जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
लकडाउनको अवधि पाँचौपटक थप भएको छ । यसअघिको अवधि भोलि (बिहीबार) सकिँदै थियो।
लकडाउन चैत ११ देखशुरु भएको हो । कोरोना भाइरस संक्रमित फेला पर्ने क्रम नरोकिएपछि सरकारले लकडाउन लम्ब्याइरहेको लगेको छ।
हालसम्म नेपालमा कोरोनाबाट ८२ जना संक्रमित भइसकेका छन्। उनीहरु मध्ये २२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। आज मात्र ६ जना डिस्चार्ज भएका छन् भने यसअघि १६ जना निको भएका थिए ।
लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने माग पनि उठिरहेको छ ।