१७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको ९९ पुगे
दुई महिने शिशुमा पनि संक्रमण
काठमाडौं । आज एकै दिन १७ जना कोरोना भाइरस संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । आज बीरगञ्जमा १७ जनामा संक्रमण पोजेटिभ देखिएएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । संक्रमण पोजेटिभ देखिएकाहरुमा २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिहरु छन् ।
नियमित्र पत्रकार सम्मेलनमा मन्त्रालय प्रवक्ता डा। विकास देवकोटाले दिएको जानकारी अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो ।
बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रवक्ता डा. देवकोटाले बताएका छन् ।
आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । उनीहरु मध्ये १९ जना निको भएका छन् ।
उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत र देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् ।
अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ र आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताएका छन् ।