नेपालमा कम्युनिज्म, करप्सन र कोरोना

वर्तमान नेपाल राणशासन, पञ्चायत, प्रजातन्त्र हँुदै संघीय गणतन्त्रमा छ । यस अवस्थामा नेपाललाई पु¥याउने काम देशका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, र नेपाल माओवादीले गरेका हुन् । नेपाल संघीय गणतन्त्रमा प्रवेश गरिसके पछि कम्युनिज्मको सिद्धान्त, करप्सन तथा कोरोना यि तीनै विषयवस्तुले बजार लिए । सदनदेखि सडकसम्म तताए तर यि देशको अर्थतन्त्र र जनताको गुणस्तरीय जीवनका लागि वरदान होईन अभिसाप बने ।
विश्वमा कम्युनिज्मका सैद्धान्तिक जन्मदाता प्बच िज्भष्लभचष्अज ःबचह हुन । उनले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गरी कम्युनिज्मको आधुनिक सुत्राधार निर्माण गरेका थिए । जसले विश्वका कम्युनिष्टहरुको सैद्धान्तिक जग बसायो । त्यस पछि विश्वमा कम्युनिष्टहरु पलाउन थाले । सैद्धान्तिक धरोहरलाई टेकेर पलाएका कम्युनिष्ट आजपनि कम्युनिष्ट नै छन् । स्वार्थ र शक्तिबाट पलाएका कम्युनिष्ट कमाउनिष्टतर्फ मोडिए । पूँजीपति बन्ने होडमा सिद्धान्तलाई कुल्चिए । सच्चा कम्युनिष्ट भएर समृद्धिमा लागेका देश चीन, रसिया, क्युुवालगायत छन् भने स्वार्थ र शक्तिबाट पलाएका कम्युनिष्ट जसले विकासका खुट्टाभाँचे । जसमा नेपाल लगायतका अतिकम विकसित मुलुकहरु पर्दछन् । नेपालमा कम्युनिष्टको सर्वप्रथम वृक्षारोपण गर्ने काम पुष्पलाल श्रेष्ठले गरेका थिए । यसले विभिन्न आरोह अवरोह पार गर्दै वि सं २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना गर्न ठूलो मद्दत पु¥यायो । यिनले वि सं २०४८ सालको निर्वाचनमा ठूलै सफलता हात पारे, यो हात पर्नुमा सैद्धान्तिक धरोहरका अग्रज मदन भण्डारी र मनमोहन अधिकारी थिए । उनीहरुमा जिम्मेवारी, इमान्दारी र सदाचारी पन थियो, सिद्धन्तमा अडिग थिए । उनीहरुको देहवसान पछि कम्युनिष्टहरुमा सबै कुरा गुम्यो ।
वि सं २०५१ सालमा मनमोहनले रोपेको सामाजिक उत्तरदायित्व माथि टेकेर चुनावमा भोट माग्ने गरे र आफ्नो अस्तित्व बचाईराखे । पछि संविधान सभाको चुनाव सम्म आइपुग्दा उनीहरुमाथिको विश्वास झन बढ्यो, त्यो जनता कम्युनिष्ट बनेर होईन, लामो समय सम्म कांग्रेसले शासन गर्दा भष्टचार भयो विकास भएनभन्ने सोचेर विकल्प स्वरुप यसलाई विश्वास गरेकाथिए । संविधान सभा चुनाव पछि संविधान निमार्ण भएर संघ, प्रदेश र स्थानीय स्तरको चुनावमा नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाई नै विश्वास प्राप्त ग–यो । त्यस समयमा नेकपा एमाले र नेपाल माओवादी पार्टी मर्ज भई नेपाल कम्युनिष्ट पार्टी बनेका थिए । ठूला दुई पार्टीले मर्जर पोलिसि अपनाएकाले एक भई चुनाव लड्दा झण्डै दुईतिहाई मतप्राप्त गरे । यो दुई तिहाई सरकारको अगुवाई खड्ग प्रसाद ओली (के.पी ओली) ले गरे । त्यस पछिका दिनमा कम्युनिष्टहरुमा पूँजीपति बन्ने होडबाजी चल्नथाल्यो, उनीहरु जाहा जसरी हुन्छ व्यक्तिगत सम्पति जोड्नमा लागि परे । त्यसले कम्युनिष्टमा बचे खुचेको कम्युनिज्मलाई पनि खरानी बनाउन शुरु ग¥यो ।
कम्युनिज्म खरानी बनाउनेहरु आफूहरुलाई चाँही कम्युनिष्ट भनिरहे । जनतालाई झुट्टा आस्वासन बाँड्दै आफूहरु भ्रष्टचारमा लिप्तभए । आयल निगम जग्गा खरिद, वाइडबडी विमानखरिद, विद्युत प्राधिकरणको महशुल, विश्व विद्यालयको वेथिति, नक्कली भ्याट विलप्रकरण, नेपाल ट्रष्टको जग्गा, वालुवाटार जग्गाबिक्रि काण्ड, टेलिकम फोरजी विस्तार, सेक्युरिटी प्रेस, दुरसंचार ठेक्का र काोभिड–१९ बाट बचाउन आवश्यक स्वास्थ्य सामाग्री खरिद प्रकरण आदिमा देखिएको अनियमितताबाट स्पष्ट हुन्छ की नेपालका कम्युनिष्टहरुले कम्युनिज्मलाई खरानी बनाएर खरानीपनि नछोड्ने रहेछन् ।
वर्तमान समयमा विश्व नै माहामारीसँग लडिरहेको अवस्थामा औषधी खरिदमा गरिएको अनियमितता वास्तवमा मानवता विहिनकार्य थियो । यति शत्तिशाली दुईतिहाइको सरकार भएर पनि औषधीको जिम्मा सेनालाई दिनुले सरकारमा निकम्मा पन बढेको हो की आंकलन गर्न सकिन्छ । चरम आर्थिक अनियमितता र अशान्ति दिनानु दिन बढ्दै जानुले सरकार माथिको विश्वासमा आँच आउन थालेको पाईन्छ । सम्भवत यो आँचले विकल्प नल्याउला भन्नपनि सकिदैन । आजभोली सहर बजारमा गणतन्त्रको सट्टा राजतन्त्र नै ठीक भन्ने जनवोली सुनिन थालिएको छ । सायद कम्युनिज्म हराएर हो की । नागरिक अविभावकको खोजीमा छन् । यस परिस्थितिले दुर्घटना निम्त्याई सकेको छ कतिखेर दुर्घटना हुने हो भन्न सकिने अवस्था छैन ।
वस्तुतथा सेवाको दुरुपयोग भ्रष्टाचार हो । यो राष्ट्रिय सदाचारको विपरित अर्थ हो जसले उत्पादनको गतिमा रोकावट पैदा गर्दछ । कानून विपरित व्यक्तिगत स्वार्थ पूर्तिका लागि सार्वजनिक वस्तु तथा सेवाको प्रयोग गर्नु करप्सनहो । यसले वस्तु तथा सेवाको गुणस्तर घटाउने, समयमा काम पुरा नगर्ने, कामअधुरो छोड्ने, तोकिएको समय र परिमाण हेरफेर गर्ने, पारदर्शिताबाट टाढा रहने जस्ता दुरुपयोगका कार्य गर्दा करप्सन हुने हो । नेपालको सन्दर्भमा आज सम्मको कुरा गर्दा भ्रष्टाचार ईज्जतहो, सम्मान हो, शक्ति हो भन्ने विषयले बजार पिटेको छ ।
आम नागरिकमा भ्रष्टाचारमा सम्मान छ, ईज्जत छ, उसैको शक्ति चल्छ भन्ने बुझाई बढ्न थाल्यो । यो सदनदेखि सडकसम्मका निकायमा संगठनिक रुपमै मौलाउन थाल्यो । सरकार प्रमूख पनि बोल्दैनन् उनलाई पनि हिस्सा आउने रहेछ भन्ने बुझाइले आम मानिसमा जरा गाडिसकेको छ । नेपालमा पञ्चायत देखि आजसम्मको स्थितिलाई हेर्ने हो भने– पञ्चायत भ्रष्टाचार त्यो भन्दा पाँच गुणा भ्रष्टाचार नेपाली कांग्रेस, त्यो भन्दा दशगुणा भ्रष्टाचार एमाले, त्यो भन्दा बीसगुणा भ्रष्टाचार नेपाल कम्युनिष्ट पार्टीले गरिरहेको छ भन्ने आंकलन छ । नागरिकको अत्यन्त संवेदनशील विषयमा सरकारले चासो नराखेको तथा देशको स्रोत साधनमाथि चाँही व्यक्तिगत फाईदाका लागि अधिकार जमाएको भन्ने बुझाई नागरिकमा जाग्नथाल्यो ।
सरकार र नागरिक बीचको विश्वास टुट्न थाल्यो । जसकाकारण नागरिक विकल्पको खोजिमा लाग्न थालेको पाईन्छ । हामी आम नागरिकले के चाँहीगर्न नसके कै हो भने– काँधमा जिम्मेवारी, छातिमा इमान्दारी, मस्तिष्कमा समजदारी र कृयाकलापमा सदाचारी राजनीतिज्ञजन्माउन । सक्षम नागरिकका कमजोर शासक, कमजोर शासकबाट शासित भैरहेको अवस्थाले उन्मुत्तिको विजारोपण भैसकेको छ । सबै मिलेर लिने वाँढी खाने अभिप्रायले संघ, प्रदेश र राष्ट्रिय सभा गरी ८३४ जनाको भेडागोठ तयार गरिएको छ । जुननिकम्मा छ । भ्रष्टाचार र दण्डहीतामा अग्रसर छ । नागरिकमा असुरक्षाको महशूस गराईरहेको छ । यि सबै व्यवहारले सरकार मै भ्रष्टाचार अधिक छ यसले चरम रुपलिरहेको छ । कतिखेर भ्रष्टचारीहरुको लागि चिडियाखाना बन्छ थाहा छैन् ।
सन् २०२० को शुरुवातिमा फैलिएको कोरोना भाईरसको माहामारी विश्वलाई नै प्रभावित बनाउने माहामारीको रुपमा चिनिएको छ । आज वैशाखको पहिलो हप्ता सम्म आईपुग्दा यो चरम रुपमा फैलिरहेको छ । यसले सबै भन्दा वढि प्रभावित विकसित देशलाई पारिरहेको छ । आजसम्म हार नखाएका देशहरु कोरोना भाइरसले हराईरहेको छ । चीनको हुवान प्रान्तमा डिसेम्वर २०१९को अन्ततिर देखापरेको भाइरसले आजसम्म विश्वका २१३ वटा देशलाई प्रभावित बनाईरहेको छ । आजका दिनसम्म ३ लाख २७हजार भन्दा वढि मानिसहरुले ज्यान गुमाइसकेका छन् भने लगभग ५० लाखको हाराहारीमा संक्रमित छन । यो संख्या कति सम्म पुग्ने हो आंकलनगर्नै नसकिने अवस्था छ । जुनदिनानु दिनतिव्रतर रुपमा बढिरहेको छ । यसले विश्वका हरेक देशलाई चरम रुपमा प्रभावित बनाउदै लगिरहेको छ । विश्वका मानिसहरु पीडित बन्दै गईरहेका छन ।
विश्व नै वन्दावन्दीमा छ । यो अवस्था कतिका लागि अवसर वनिरहेको छ भने कतिका लागि पीडैपीडा । कतिमा खाने, पिउने, आउने जाने, परिवारसँग भेट नभएको आदि भने अवसर तिनका लागि बन्यो जसले पीडितको उपचार पाउने, खाने पिउने अधिकारमा बार लगायो र त्यसको प्रतिफल आफूले लियो । विश्वको यो अवस्थाले चरम आर्थिक मन्दि सृजना गर्न सक्ने देखिन्छ । यसबाट जोगिनु जोगाउनु हामी सबै नागरिकको दायित्व हो । आफ्नो दयित्व पुरा गरौं, जोगिऔ र जोगाऔं ।
नेपालको सन्दर्भमा, सन् २०२० कम्युनिज्म, करप्सन र कोरोना यि तिनै तत्वको लागि चरम अवस्था छ । कम्युनिष्टले बाटो विराएको अवस्था उच्चभएको, करप्सन त्यो भन्दा वढि उच्च अवस्थामा पुगेको र कोरोनाले त उच्चताको शिखरै चुमेको अवस्था छ । यिनैको अतिप्रभावले देशमा राजनीतिक, आर्थिक, सामाजिक चेतनामा परिवर्तन ल्याउन सक्ने देखिन्छ । यदि परिवर्तन भयो भने यो नेपालका लागि सकारात्मक अवसर बन्न सक्छ । नेपालीमा एउटा उखान छ– “अति गर्नु अत्याचार नगर्नु” ।