कोरोना संक्रमित अस्पतालबाट फरार

जनकपुर। प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका एक कोरोना संक्रमित फरार भएका छन्। अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।
मानसिक रोगी उनले यसअघि पनि पटक–पटक भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।
उनको खोजी भइरहेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।