कोरोना संक्रमितको संख्या ६८२ पुग्यो/मृत्यु हुने चार
एक सय १२ जना डिस्चार्ज
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहान ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउँसो थप ६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मलेनमा दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको कूल संख्या ६८२ पुगेको छ।
प्रवक्ता डा। विकास देवकोटाका अनुसार आज दिउँसो पुष्टि भएका सक्रमितहरुमा सेती अस्पताल धनगढीमा उपचाररत अछामको मेल्लेकका ३२ वर्षीय पुरुष, भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाका २२, २४ र १८ वर्षका तीन जना पुरुष र नारायणी अस्पताल वीरगन्जमा उपचाररत बाराका एक र काठमाडौंमा २८ वर्षीय एक पुरुष रहेका छन्।
आजै कपिलवस्तुको तौलिहवा अस्पतालमा उपचाररत एक स्वास्थ्यमकर्मी कोरोनामुक्त भएर डिस्चार्ज भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ११२ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार जना पुगेका छन् ।