समय विनाको जात्रा

टिप्पणी

काठमाडौं । आज विश्वनै कोरोनाबाट आक्रान्त छ । मानिसहरु कसरी जीउने कसरी सुरक्षित रहने भन्ने विषयमा सोचिरहेका छन् । आज आम नागरिक घर घरमा वन्दाबन्दिमा छन् । एक पेट खाने र सुरक्षित रहने भन्दा फरक सोच लिएका छैनन्, बरु सरकारले के गर्देला राहतको कार्यक्रम पो केहि ल्याइहाल्छ की भन्ने आशमा छन् ।
सरकारले जीउन सहज बनाइदिन्छ होला भन्दै समाचारमा चासो लगाइरहेको पाईन्छ । तर समाचार नागरिकसँग कुनै सरोकार राख्ने खालको पाइदैन । अहिलेको सन्दर्भ भन्दापनि अनावश्यक विषयलाई सरकारले वढि चासो दिएको लाग्न थालिसक्यो । जुन जनहितमा आवश्यक छैन त्यसमा सरकारको वढि ध्यान जानुले सरकार नागरिक प्रति गैरजिम्मेवार देखिएको जस्तो भान हुन्छ ।
जात्रा तोकिएको समय र स्थानमा हुने हो, जहाँ जतिखेर पनि जात्रा देखाउनु जात्राको गरिमा सकाउने चाल मात्र हो । यो समयमा राजाका तस्विर भएका पैसालाई प्रतिबन्ध लगाउने निर्णय एउटा वेमौसमी वाजा हो । यो वाजाले केहीलाई फाइदा पुग्ला तर देशको अर्थतन्त्र र आम नागरिकको हितमा छैन ।

गणतन्त्र देखि आजसम्म प्रचलनमा रह्यो तर आज देशको अर्थतन्त्र नै सुस्ताएको समयमा यसो गर्नुले अर्थतन्त्रलाई यसले ठूलो क्षति पु¥याउछ । यदि सरकारले भ्रष्टाचार रोक्न यसो गरिएको हो भने देश भरिको पुराना नोट (आज भन्दा अगाडि) पैसालाई प्रतिबन्द लगाउनु पर्छ । यसले आर्थिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । तर राजाको चित्र अंकित नोटमात्र प्रतिबन्द भन्नुले एउटा भ्रष्टाचारको प्रतिरुप बुझ्न सकिन्छ । एउटा श्रृखला सृजना गर्दै एक पछि अर्को समस्या ल्याएर आफ्नो अभिष्ट पुरा गर्न बनाइएको योजना भन्ने सावित गर्दछ ।
भारतले प्रतिबन्द लगाएको नोट सटहि गर्न नसकेर नेपालले कत्रो घाटा व्यहोर्न परिरहेको छ । अहिले यि नोटमा प्रतिबन्द लगाएर देशलाई थप आर्थिक भार पार्नु जरुरी छैन । यसको वारेमा लगाइएको सोच कोरोना व्यवस्थापनमा लगाउदा आम नागरिकलाई राहत मिल्ने देखिन्छ ।