खुशि सकिएको गणतन्त्र
काठमाण्डौं । आज नेपालमा गणतन्त्र आएको १३ बर्ष भै सक्दा पनि आम नागरिकमा यसले आफ्नो फल दिन सकेन । बिउ, बिरुवा, र विचार फलाउनका लागि रोपिन्छ । फल दिन नसक्ने र दिने आशा गर्न पनि नसकिने बिउ, बिरुवा र विचारको आवश्यक्ता हुदैन । फल खाने आशाले रोपिएको विचारले आफ्नै क्षति गराउछ वा राष्ट्रलाई क्षति पु¥याउछ भने त्यो विचारको जरैदेखि फाल्नुको विकल्प हुदैन ।
वि.सं २०६३ सालमा कत्रो उत्साह र उमंगका साथ भित्र्याएको गणतन्त्र आम नागरिकका लागि यति पीडा दायक बन्ला भन्ने कल्पना पनि थिएन आम नागरिकमा । सीप योग्यता र क्षमताको कमि भएको ड्राइभरलाई देशको लाइसेन्स दिनुले गणतन्त्र यातयात भताभुङ्ग र लथालिङ्ग भयो । आमनागरिकका सपना चक्नाचुर भए । देशमा डण्दहीनता स्थापित भयो । राष्ट्रको भूमिपनि बाँकी रहेन । भष्टाचार र कमिसन वीना कामै नहुने भयो । राम्रो भन्दा पनि हाम्रोले प्रशय पायो । गणतन्त्र ल्याउन कै लागि हजारौको बलिदानी भयो । सर्वहाराको नाम लिएर धनाढ्य पूँजीपति बन्नेको होडवाजी चल्यो । आफु सत्ता र शक्तिमा पुग्न देशकै भुभाग बेच्न पछि परेनन् ।
ठूला भ्रष्टचारीको ताम झाम धेरै भयो उसकै बोल वालामा सरकार चल्न थाल्यो । आम नागरिकलाई गणतन्त्रले हर्ष हैन विस्मात मात्र सृजना गरिदियो । यसर्थ सरकारले तीन दिन सम्म बत्तिबालेर मनाउने भनेको गणतन्त्र दिवश सायद सरकारमा मात्र सीमित रहने त हैन । विचार पेचिलो बन्दै गैरहेको छ । अव गणतन्त्रले गणतन्त्रकै विचारलाई अंगालोस् । गणतन्त्र हाँक्नेहरु सक्षम र योग्य बनुन् भन्ने चाहना आम नागरिकको छ । जय गणतन्त्र !